बिहिबार , मंग्सिर ६, २०८१

तस्बिरमा पर्यटक प्रहरीकाे ४४औँ स्थापना दिवस

image

पर्यटक प्रहरी ४४औँ स्थापना दिवस मनाएकाे छ । पर्यटक प्रहरीले आज बिहीबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा एक कार्यक्रम गरी दिवस मनाएको छ । पर्यटकहरूलाई सुरक्षा सेवा प्रदान गर्नका लागि नेपाल प्रहरीको विशेष इकाईको रूपमा वि.सं. २०३५ सालमा पर्यटक प्रहरीको स्थापना भएको थियो ।

‘पर्यटकको सुरक्षार्थ, पर्यटक प्रहरी’ भन्ने मूल नाराका साथ आजभन्दा ठिक ४४ वर्षअघि नेपाल पर्यटक प्रहरीको स्थापना गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग अन्तर्गत नेपाल प्रहरीको विशेष इकाईका रूपमा सन् १९७९ को जनवरी २६ तारिखका दिन नेपाल पर्यटन प्रहरीको स्थापना भएको हो ।

आजको मितिसम्म आइपुग्दा प्रहरी नायब उपरीक्षकको मातहतमा देशका विभिन्न स्थानमा गरी जम्मा २३९ प्रहरी कर्मचारीहरू पर्यटन प्रहरीका रूपमा कार्यरत छन् । काठमाडौँको भृकुटीमण्डपमा मुख्य कार्यालय रहेको पर्यटन प्रहरीका जम्मा २८ वटा इकाईमध्ये काठमाडौँ उपत्यकाभित्र १० वटा र काठमाडौँ उपत्यकाबाहिरका विभिन्न १२ जिल्लामा १८ वटा इकाई परिचालित छन् ।

कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मी, पशुपति विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मसउँद आलम खाँ, ललितपुर महानगरपालिकाका नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार