मंगलबार , मंग्सिर ४, २०८१

टिपताला भञ्ज्याङ, हेर्नुहोस् तस्विरमा

image

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा हो टिपताला भञ्ज्याङ । यो नेपाल चीनको औपचारिक सीमा नाका पनि हो । तर, हिमाली क्षेत्र भएकाले यहाँबाट सामान्य आयत–निर्यात (जडीबुट्टी र स्थानीयलाई खाद्य) मात्रै हुन्छ । यो पर्यटकीय क्षेत्र पनि हो । तर, प्रचार कम छ । पर्यटक कम पुग्छन् ।

यसलाई नै मध्यनजर राख्दै नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले स्थानीय पत्रकारको टोलीलाई टिपताला सम्म पुर्याउने योजना बनायो । जसमा सहभागी भए ताप्लेजुङ र पाँचथरका एक दर्जन बढी सञ्चारकर्मी । उनीहरूले यस क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रको यात्रा गर्दै टिपताला पुगेर अवलोकन गरेका छन् । अहिले सो टोली सदरमुकाम फर्कीसकेको छ ।

अवलोकन भ्रमण सकेर सदरमुकाम फुङ्लिङ फर्किएपछि सो टोलिमा सहभागी पत्रकार राजेन्द्र श्रेष्ठ, सुवास आचार्य, प्रेम गुरागाईँ र साहारा लंवा (लिम्बु)ले आफ्ना सामाजिक सञ्जालमा हालेर सार्वजनिक गरेका केही तस्बिरहरू यहाँ प्रस्तुत छ ।

सम्बन्धित समाचार