आइतबार , अषोज २७, २०८१

आरम्भको रोपाइँ जात्रा (फोटो फिचर)

image

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसको अवसरमा आरम्भ संगठनले रोपाइँ जात्रा गरेको छ । धादिङको धुनिवेशी नगरपालिका स्थित कार्की गाउँमा पुगी संगठनका ३० भन्दा बढी युवाहरूले स्थानीयवासीसँग रोपाइँ जात्रा गरेका हुन् ।

ropai, by aarambha (52)

सिसिडोल नजिकैको कार्की गाउँ पुगी युवाहरूले छुपुछुपु हिलोमा धान रोपेका हुन् । उनीहरूले दहीचिउरा खाई एक रातको थकान यसै गाउँमा बिसाएका थिए ।

काठमाडौं नजिकैको ग्राम्य आतिथ्यता पस्किरहेको सुन्दर कार्की गाउँ काठमाडौंदेखि २ घण्टाको पदयात्रामा पुग्न सकिन्छ ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

नेपालमा धान दिवसका दिन सस्तो लोकप्रियताका लागि हिलोमा चुबलिने संस्कार बसे पनि व्यावसायिक किसिमले खेती गर्ने परम्परा र संस्कार भने घट्दै गइरहेको छ ।

यस संगठनले यसअघि टेकुस्थित जनउद्धार सेवा समितिको बालआश्रममा बालबालिकालाई चित्रकला तथा गीतसंगीत सिकाउने उद्देश्यले काठमाडौंमा मेला आयोजना गरेको थियो, जसमा आभा फर क्रियटीभिटी समूहले कविता वाचन गरेको थियो ।

सम्बन्धित समाचार