मंगलबार , मंग्सिर ४, २०८१

आहा! फुल फुलेर रंगिएको काठमाडौं (फोटोफिचर)

image

वसन्त ऋतुलाई मनमोहक ऋतुको रुपमा लिने गरिन्छ। किनकी यो ऋतुमा वातावरण हरियाली हुन्छ । अनि मनमोहक फुलहरु पनि यसै ऋतुमा फुल्ने गर्छन् ।

वसन्त ऋतु शुरु हुनै लाग्दा काठमाडौंका विभिन्न स्थानमा पनि मनमोहन फुल फुल्न थालिसकेका छन् । फुल फुलेपछि सडक तथा पार्कहरु पनि अझ सुन्दर देखिन थालेका छन् ।

काठमाडौंको भृकुटी मण्डप, शंखमुल पार्क तथा तीनकुने लगायतका सडक वरपर फुलेका चेरी लगायतका फुल निकै आकर्षक देखिएको छ । वसन्त ऋतुको आभाष दिने गरी फुलेका फुलहरुबीच मानिसहरु रमाइरहेको पनि देख्न सकिन्छ ।

तस्विरहरु: राजेश पौडेल

सम्बन्धित समाचार