नेपाल क्षेत्रफलको हिसाबले सानो देश भए पनि यहाँ पाइने जैविक विविधता लोभलाग्दो छ । यहाँको प्रकृतिमा कैयन जीवजन्तुहरु पाइन्छन् ।
नेपाल क्षेत्रफलको हिसाबले सानो देश भए पनि यहाँ पाइने जैविक विविधता लोभलाग्दो छ । यहाँको प्रकृतिमा कैयन जीवजन्तुहरु पाइन्छन् ।तर, तिनको रेखदेख र उचित व्यवस्थापनका खातिर गर्नुपर्ना धेरै कार्यहरू मुल्तबीमै छन् ।
नेपालको सन्दर्भमा वन्यजन्तु एवं जैविक विविधताको अवस्था त्यति सन्तोषजनक देखिँदैन । पछिल्लो समयमा भएको जलवायु परिवर्तनका कारण हावापानी, वासस्थान र आहारमा परिवर्तन ल्याउने भएकाले जीवजन्तुका लागि आवश्यक वातावरण प्रतिकूल बनिरहेको छ, जसका कारण विभिन्न चराको अण्डा पार्ने र कोरल्ने समय परिवर्तन हुँदै गएको छ । कोरलिएका चराहरूमा समेत अनौठो गुण देखिने अशक्त बन्ने, प्राणी तथा वनस्पतिको प्रजनन र उत्पादन क्षमतामा ह्रास आउने र उत्पादनमा आएका समस्या पनि सिर्जित हुन थालेका छन् ।
यस्तो बेलामा यी जनावरहरूको एक झलक पाउनु मात्रै पनि कति सन्तोषजनक कुरा हो ? सोहीकारण वाइल्ड फोटोग्राफर दृष्टान्त विडारीले खिचेका केहि फोटोहरू यहाँ प्रस्तुत गरेका छौँ;