शुक्रबार , अषोज २५, २०८१

रमाइलो कानूनी नियम : १० बजेपछी शौचालयमा फ्लश गर्न नपाइने

image

एजेन्सी । युरोपेली देश स्विजरल्याण्डको एउटा अचम्मलाग्दो नियमबारे चर्चा गरौँ । सुन्दा अचम्म लाग्ला तर, राति १०:०० बजेपछि स्विजरल्याण्डमा शौचालय फ्लश गर्न नदिने नियम रहेको छ ।

यदि तपाईं स्विजरल्याण्डमा जानुहुन्छ भने शौचालय राति १० बजे देखी बिहान ७ बजे सम्म फ्लश नगर्नुहोस् । स्विट्जरल्याण्डमा, यो सामान्य शिष्टाचार हो किनभने यसले मानिसहरूलाई छुट्याइएको सुत्ने समयमा गडबडी निम्त्याउन सक्छ ।

स्विट्जरल्याण्डमा जमिन्दारहरूलाई आफ्नै घर नियमहरू सेट गर्न स्वतन्त्रता दिइएको छ । त्यसै स्वतन्त्रतालाई प्रयोग गरी उनीहरुले शौचालय फ्लश गर्ने कर्फ्यु लगाउने गरेका छन् । यो प्रतिबन्ध वा सरकारी आदेश होइन तर पनि यस परम्परालाई कानूनी रुपमै लिएर ‘निषेधाज्ञा’को रुपमा लिने गरेको पाइन्छ ।

त्यस्तै स्विट्जरल्याण्डमा अर्को जघन्य अपराधको रुपमा लिइएको कुरा भनेको राति १० बजेपछि उभिएर पिसाब गर्नु हो । यो स्पष्ट रूपमा सज्जनहरूसँग सम्बन्धित छ, त्यसैले कृपया अर्को पटक सिट लिनुहोस् ।

Tags:

सम्बन्धित समाचार