काठमाडौं ।विदयार्थी जीवनकालदेखि नै नेपाली काँग्रेसमा सक्रिय यमनाथ दनै नेपाली कांग्रेसका तर्फबाट धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार हुन् । वि.स. २०३० साल भदौ १ गते बुबा हरिप्रसाद दनै र आमा जमुना दनैका सन्तानका रूपमा जन्मिएका दनै आसन्न स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षको बलियो दाबेदारको रूपमा देखिएका छन् ।
नवलपरासीमा व्यावसायिक रूपले सक्रिय दनै स्थानीयता र मौलिकता जोगाइ ज्वालामूखीको सर्वाङ्ण विकासको लागि आफ्नो उम्मेद्वारी रहेको बताउँछन् । पछिल्ला दिनहरूमा घरदैलो कार्यक्रम गरिरहेका दनैप्रति स्थानीयवासीको आशा देखिएको पाइन्छ । क्षमतावान् उम्मेदवार, दक्षता, परिपक्वता र योग्यता भएको व्यक्तिको रुपमा दनैको सामाजिक छवीलाई स्थानीयवासीले रुचाएको वडा नम्बर ३ का स्थायी वासिन्दा सन्तोष खनाल बताउँछन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशका ७५३ वटै स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । कतै पाँचदलीय गठबन्धन छ, कतै दुई-तीन दलको गठबन्धन छ। तर, धेरैजसो स्थानीय तहमा सबै पार्टीहरू आ-आफ्नो हिसाबमा चुनावी अभियानमा छन् । अहिले दल र उम्मेदवारहरू मत माग्दै जनताको घरदैलोमा छन् । आफ्ना योजना र संकल्पन सुनाइरहेका छन् ।
दनै पनि आफ्ना प्रतिबद्धता र घोषणापत्रसहित ज्वालामूखी गाउँपालिकामा मतदाताहरूसँग भोट मागिरहेका छन् । हिमाल दर्पणसँग कुरा गर्दै उनले मूलतः आफ्ना पाँच वर्षीय योजनाहरू कृषि, शिक्षा, स्वस्थ, पर्यटन र रोजगारसँग सम्बन्धित रहेको बताए । जस्तै;
खेती योग्य जमिनलाई आधुनिकीकरण गर्ने र गाउँपालिकालाई उत्पादनका आत्मनिर्भर गराउने,
कृषि औजार र जैविक मलको प्रयोग गरी आधुनिक र जैविक सामाग्रीको मद्दतले कृषिमा जनतालाई आकर्षित गर्ने,
युवाहरू विदेश पलायन हुने अवस्था रोक्नका लागि स्थानीय रूपमा रोजगार सिर्जना गर्ने गरि युवा लक्षित अनुदानका कार्यक्रमहरू ल्याउने,
आयातलाई रोकी निर्यातलाई बढाउँदै गाउँपालिकालाई आर्थिक रूपमा आत्मनिर्भर गराउने । धादिङवेशी जाने मालवाहक ट्रकहरूले मान्छे मात्रै हालेर जानु नपर्ने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने,
उद्दोगी, व्यवसाई तथा स्थानीय समुदायसँग सहकार्यमा विभिन्न अवसरमा स्थानीय उत्पादनको व्यापार प्रबद्धन मेला आयोजना गरिने,
जीवनउपयोगी, आधुनिक, व्यावसाईक एवम् प्रविधियुक्त शिक्षामा जोड दिई सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने,
आधुरभूत स्वास्थ्यसेवालाई सुलभ, कम खर्चिलो तथा गुणस्तरीय एवं भरपर्दो बनाउने नीति लिइने । प्रतिकारात्मक तथा प्रवद्धनात्मक स्वास्थ्य सेवालाई जोड दिई स्वास्थ्य प्रबद्धनका विशेष कार्यक्रमहरू सन्चालन गरिने । पालिका स्तरीय एकमात्र अस्पताल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने,
पर्यटन प्रवद्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको निर्माण, संरक्षण, सम्बर्द्धन र विस्तारमा जोड दिइने,
एतिहासिक, धार्मिक, पुरातत्विक महत्त्वका टोल, बस्ती, मठ, मन्दिर, स्थानीय रितिरिवाज, भाषा, लिपि, संस्कृति, जात्रा, परम्परा जस्ता अमूर्त सम्पदाको संरक्षण तथा सम्बर्द्धन गरि आन्तरिक पर्यटनलाई जोड दिइने,
गाउँपालिका भित्र खानेपानी वितरण प्रणालीलाई सुदृढ गरि गाउँपालिकावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने नीति लिइने, यसका लागि परम्परागत पानीको श्रोतको संरक्षण, सम्बर्द्धन र प्रबद्धन गरिने,
पाल्पा भन्ज्याङ-हुलाक भन्ज्याङ-ढोला-मैदी सडक, ससाह-अमराइ-रातमाटे सडक, हुलाक भन्ज्याङ- चैनपुर-बाङ्गेरह-बुङकोटघाट सडक, साँधभन्ज्याङ-खरी-बुङकोटघाट सडक समेटेर सहज आवागमनका लागि सडक स्तरोन्नति गर्ने (ग्राभेल भएका सडकलाई कालोपत्रे गरिने)
बुढीगण्डकी चक्रपथ ताहा करीडोरको निर्माण गरि पर्यटकीय सडक निर्माण कार्यलाई अगाडि बढाइने, साथै बुढीगण्डकी जलासययूक्त परियोजनाबाट विस्थापित हुने समुदाय र वर्गलाई पुनर्वास, एकीकृत वस्ती विकास तथा पूनर्लाभ कार्यक्रमका लागि सम्बन्धित सरोकारवालाहरूसँग आवश्यक समन्यव गरि कार्यक्रम अगाडि बढाइने,
जनजाति र महिलालाई सक्रियताका साथ राज्यका विभिन्न स्थानमा संलग्न गराइने,
लैङ्गिक अठा यौनिक अल्पसङ्ख्यक समुदायमाथि समुदायस्तरबाट हुने विभेदलाई रोक्न समाधानका उपायहरू खोजी गर्ने,
वडास्तरबाट आयोजना गरिने कार्यक्रममा कला साहित्यलाई स्थान दिइने,
पठनपाठन र पठन संस्कृतिलाई विकास गर्नलाई वडास्तरमा लाइब्रेरी र अन्य समसामयिक पुस्तकहरूको सुनिश्चितता गरिने छ ।
गठबन्धनले गरेको सामूहिक प्रतिबद्धताहरू:
यस अघि नै गाउँपालिकामा गठबन्धनको उम्मेदरवारहरुले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेका छन् । नेपाली कांग्रेसबाट गाउँपालिकामा अध्यक्ष पदमा यमनाथ दनै र एकिकृत समाजवादी पार्टीबाट धर्मराज अर्यालले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएसँगै गठबन्धनका रुपमा उनीहरूले सामुहिक प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
आर्थिक पारदर्शिता, सेवामा सुशासन र समतामूलक समाज निर्माण गर्दै सभ्य र समृद्ध ज्वालामुखी निर्माण गर्नु गठबन्धनको मुख्य लक्ष्य रहेको छ । सबै शाखा तथा कृषि सडकहरुलाई बाह्रै महिना चलाउन जोड दिने, एक गाउँ एक नवीकरणीय पोखरी निर्माण गर्ने, पालिका स्तरीय एकमात्र अस्पताल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने, कृषिलाई पर्यटनसँग जोड्ने आदि साझा प्रतिबद्धताहरू सार्वजनिक गरिएका छन् ।
यस्तो छ गठबन्धनका साझा प्रतिवद्धता
गाउँपालिकाभित्र रहेका पाल्पा मैदी सडक, हुलाक भञ्ज्याङ चैनपुर रामपुर बुङ्कोटघाट सडक, साँधभञ्ज्याङ
खरी बुङ्कोटघाट सडक र ससाह मैदी अमराई पिपलटार दरबुङघाट सडक कालोपत्रे गर्न जोड दिने
बुढीगण्डकी जलाशययुक्त परियोजनाबाट प्रभावितहरुलाई पुनर्वासको लागि जग्गा व्यवस्थापन गरी व्यवस्थित स्थानान्तरणको पहल गर्ने
पालिका भरीका सम्पूर्ण विद्यालयहरुमा सुविधा सम्पन्न भवन निर्माण गर्ने
गाउँपालिकाको आफ्नै भवनबाट सबै शाखा कार्यालयहरु सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गर्ने
सबै शाखा तथा कृषि सडकहरुलाई बाह्रै महिना चलाउन जोड दिने
एक घर एक धारा कार्यक्रम प्रभावकारी बनाउने
एक गाउँ एक नवीकरणीय पोखरी निर्माण गर्ने
भूकम्प प्रभावितहरुको लाभग्राही सूचिमा नपरेका भूकम्प पीडितलाई सूचिमा राख्न पहल गर्ने
पालिका स्तरीय एकमात्र अस्पताल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने
गाउँपालिकाभित्र रहेका एम्बुलेन्सहरुलाई चुस्त व्यवस्थापन गर्ने
सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने
पालिका भरिका सबै स्वास्थ्य संस्थाहरुबाट सञ्चालित सेवाहरु प्रभावकारी बनाउने
प्रसुती प्रतिक्षालय, पोषण कार्यक्रम, २४ घण्टे प्रसुती सेवा (घरमा सुत्केरी शुन्य कार्यक्रम) प्रभावकारी बनाउने
सबै स्वास्थ्य संस्थाहरुमा सुलभ औषधि पसल व्यवस्था गर्ने
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउने
सबै स्वास्थ्यसंस्थाहरुलाई नयाँ किसिमको प्रकोपसँग प्रतिकार्य तयारी अवस्थामा राख्ने
बुढीगण्डकी क्याम्पसको स्तरोन्नती गर्ने
प्राविधिक शिक्षालय अन्नपूर्ण माविलाई थप व्यवस्थित बनाउने
पालिकाभित्र रहेका सबै विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने
सबै विद्यालयहरुमा ऐच्छिक विषय ब्नचय त्यगचष्कm लाई प्राथमिकता दिने
विद्यालय दरबन्दी समायोजन गर्दै अपुग रहेको दरबन्दीको व्यवस्था गर्ने
माटो परीक्षण प्रयोगशाला व्यवस्थापन गर्ने
कृषिलाई पर्यटनसँग जोड्ने
स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने
हावापानी तापक्रम अनुसारको खेतीबाली पहिचान गरी सोही अनुसारको कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने
कृषि बीमा, पशु बिमा कार्यक्रम सञ्चालन गने साथै कृषि अनुदान व्यवस्था गर्ने
उत्पादित कृषि उपजको संकलन केन्द्र शित भण्डारको व्यवस्था गर्दै बजारीकरणको सुनिश्चित गर्ने
पशु सुत्केरी प्रोत्साहन भत्ता व्यवस्था गर्ने
गाउँपालिकाभित्र रहेका धार्मिक स्थलहरुको संरक्षण गर्दै पर्यटनसँग जोड्ने
पर्यटन पदमार्ग रुट व्यवस्थापन गर्ने
लिफ्ट सिँचाइलाई जोड दिने
कला संस्कृतिको संरक्षण गर्दै सम्पूर्ण मठमन्दिरहरुलाई पुरातात्विक महत्व राख्दै विभागमा सुचीकृत गर्ने
सरकारी सहकारी, गैह्रसहकारी संस्थाहरुसँग समन्वय गर्दै विकास साझेदार बन्दै विकासमा अपनत्व ग्रहण गर्ने
पर्यावरणलाई जोड दिन जनचेतामूलक कार्यक्रम सञ्चालन गर्ने, पर्यावरण संरक्षण कार्यक्रम सञ्चालन गर्ने
खेलकुदलाई प्रवद्र्धन गर्दै व्यवसायीकरण तर्फ जोड दिने
युवा स्वरोजगार कार्यक्रम प्रवद्र्धन गर्ने
वन जंगल प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने
सार्वजनिक जग्गा, वन, जंगल आदिको लगत संकलन गर्ने
पालिकाभित्र रहेका सहकारीहरुलाई सबैको पहुँचमा पुर्याउने र आवश्यकता अनुसार सहकारी एकीकरण तथा समायोजनमा जोड दिने
सबै स्वास्थ्य केन्द्रहरुमा प्रयोगशाला (ल्याब) सञ्चालन गर्ने
सबै प्रमुख सडक र सञ्चालनमा रहेका शाखा सडकहरुको लगत कट्टा गर्ने
गाउँपालिकालाई काठको पोल शुन्य बनाउने
उद्योग व्यवसाय सञ्चालन क्षेत्रमा थ्रिभेज लाइनको व्यवस्था गर्ने प्रवन्ध मिलाउने
सबै नागरिकहरुको व्यक्तिगत प्रोफाईन संकलन गर्ने
पालिका र वडाका प्रमुख गतिविधिहरुलाई वेइव साइटमार्फत सार्वजनिक गर्ने
९० वर्ष माथिका अस्वस्थ नागरिकहरुलाई नियमित निशुल्क औषधिको व्यवस्था गर्ने
अनाथ, शारीरिक रुपमा अशक्तहरुको शिक्षा स्वास्थ्यको पूर्ण जिम्मेवारी लिने
अर्गानिक खेतीलाई प्रोत्साहन गर्ने
लैंगिक हिँसा, जातीय विभेद, सामाजिक विकृति अन्त्य गराउने,
बेरोजगारी न्यूनीकरणका लागि विभिन्न सेवा, सहुलियत तथा तालिम, प्रशिक्षणको व्यवस्था गर्ने साथै प्रविधि हस्तान्तरण गर्ने
आर्थिक पारदर्शिता कायम राख्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने
कला, साहित्य एवं पुरातात्विक स्थलहरूको संरक्षण र विस्तारमा जोड दिइने ।