बिहिबार , मंग्सिर ६, २०८१

युद्धका लागि तयार हुन चिनियाँ सेनालाई राष्ट्रपति सी को निर्देशन

image

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई ‘युद्धका लागि तयार’ रहन निर्देशन दिएका छन् । उनले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताए । यसैलाई ध्यानमा राख्दै उनले चीनको जनमुक्ति सेनालाई आफ्नो क्षमता बढाउन, युद्धको तयारी गर्न र युद्ध लड्न आदेश दिएका छन् ।

६९ वर्षीय सी जिनपिङलाई चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगको प्रमुखमा नियुक्त गरिएको छ । सी जिनपिङ एकैसाथ तीन शक्तिशाली पदमा छन् । उनी पार्टी र सेना प्रमुख हुनुका साथै चीनको राष्ट्रपति पनि हुन् । हालै उनी तेस्रो पटक राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार उनले सीएमसीको संयुक्त अपरेशन कमाण्ड सेन्टरको निरीक्षण गरे ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार उनले चीनको सम्पूर्ण सेनालाई युद्धको तयारी गर्न, लड्ने र जित्ने क्षमता बढाउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार