यसअघि सर्वोच्चले शुल्क नलिन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
काठमाडौं । विश्वकप फुटबलको प्रत्यक्ष प्रशारणको बाटो सर्वोच्च अदालतले खुला गरेको छ । विश्वकप लाइभ विवाद सम्बन्धी अल्पकालीन अन्तरिम आदेश सर्वोच्च अदालतले बुधबार खारेज गरेको हो ।
योसँगै शुल्क लिएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न पाइने भएको छ ।
मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई निरन्तरता नदिने आदेश सर्वोच्चले गरेको हो । अधिवक्ता किशोर पौडेलले दायर गरेको रिटमाथि प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले अन्तरीम अल्कालीन आदेश खारेज गर्ने आदेश गरेको हो ।
सूचना विभागबाट अनुमति लिएर प्रत्यक्ष प्रशारणको कोड आयात गरेको र यस्तो प्रत्यक्ष प्रशारण हेर्ने या नहेर्ने कुरा ऐच्छिक भएको भन्दै यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने बुधबार दिइएको आदेशमा उल्लेख गरिएको छ ।
यसअघि सर्वोच्चले शुल्क नलिन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
आदेश: