सोमबार , भाद्र ३१, २०८१

काठमाडौंबाट एकैदिनमा उठाइयो दुई हजार ३ सय मेट्रिक टन फोहोर

फोहोरको व्यवस्थापन र उत्पादन कम गर्नको लागि महानगरले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउन अनुरोध गरेको छ ।

image

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा करिब दुई हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ ।

काठमाडौंबाट लगिएका दुई हजार ३ सय मेट्रिक टन फोहोर शनिबार ल्यान्डफिल साइटमा व्यवस्थापन गरेको महानगरपालिकाले जानकारी दिएको छ । शुक्रबार १५३ ट्रक फोहोर लगेर व्यवस्थापन गरिएको थियो ।

बञ्चरेडाँडाका स्थानीयबासीले विरोध जनाउँदा लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको थिएन । उनीहरूसँग सहमति भएपछि पुनस् फोहोर उठाउने सहमति भएको हो ।

शुक्रबार र शनिबार फोहोर ढुवानी गर्न तथा विसर्जन गर्न कसैले अवरोध गरेको थिएन । साइट इन्चार्ज इन्जिनियरका अनुसार यसरी नै फोहोरहरू व्यवस्थापन गरेमा काठमाडौंका सडक केहीदिनमै सफा हुनेछन् । ‘यही गतिमा काम भएपछि केही दिनमै सहरका सडक सफा हुनेछन्,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि दीर्घकालीन योजना ल्याउने तयारी गरिरहेको छ । फोहोरको व्यवस्थापन र उत्पादन कम गर्नको लागि महानगरले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार