बुधबार , मंग्सिर ५, २०८१

एक महिनामा ७ अर्बभन्दा बढीको अन्न, तरकारी र फलफूल आयात

image

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालमा विदेशबाट आयात हुँदै आएका वस्तुहरु घटेपनि एक महिनामै सात अर्बभन्दा बढीको अन्न, तरकारी र फलफूल आयात भएको छ ।

भन्सार विभागले जारी गरेको तथ्याँक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै विदेशबाट ३ अर्ब ५९ करोड ४० लाख ४९ हजार बराबरको अन्न आयात भएको छ ।

नेपालबाट विदेशमा भने जम्मा आठ लाख ९४ हजारको मात्रै अन्न निर्यात भएको छ । अन्नको आयात भने गत आर्थिक वर्ष २०७८/७९ को यही महिनाको भन्दा भने कम हो ।

गत आर्थिक वर्षको साउन महिनामा नेपालमा विदेशबाट ६ अर्ब ७० करोड ९७ लाख २४ हजार बराबरको अन्न आयात गरिएको थियो । निर्यात भने गरिएको थिएन ।

यसैगरी बितेको महिनामा बिदेशबाट नेपालमा दुई अर्ब ४६ करोड १९ लाख ८२ हजार बराबरको तरकारी आयात गरिएको भन्सार विभागले जनाएको छ । निर्यात भने चार करोड ९० लाख ७१ हजार बराबरको भएको छ ।

गत आर्थिक वर्षको यसै महिनामा भने नेपालमा चार अर्ब ११ करोड ५५ लाख ३ हजार बराबरको तरकारी आयात गरिएको थियो भने,नेपालबाट विदेशमा पाँच करोड ५१ लाख ७ हजार बराबरको तरकारी निर्यात गरिएको थियो ।

यस्तै चालु आर्थिक वर्षको साउनमा एक अर्ब ९० करोड ९० लाख ७८ हजार बराबरको फलफूल विदेशबाट आयात गरिएको छ भने जम्मा ६२ हजारको फलफूल मात्रै नेपालबाट निर्यात गरिएको छ ।

गत आर्थिक वर्षको साउन महिनाभन्दा चालु आर्थिक वर्षको साउन महिनामा नेपालले विदेशबाट १२.९० प्रतिशत कम वस्तुहरुको आयात गरेको भन्सार विभागले जनाएको छ । निर्यात भने २८.६८ प्रतिशतले कम भएको छ ।

आयात घटेपछि चालु आर्थिक वर्षको साउन महिनामा नेपालको वैदेशिक ब्यापार १०.३८ प्रशितले घटेको छ । गत आर्थिक वर्षको यही महिनामा भने ७५.६६ प्रतिशतले आयात बढदा नेपालको वैदेशिक ब्यापार घाटा ७०.५९ प्रतिशतले बढेको थियो ।

सम्बन्धित समाचार