सोमबार , अषोज २८, २०८१

उदय अधिकारीलाई `चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार-२०७९´ प्रदान गरिने

image

चितवन । चितवन साहित्य परिषद्को शनिबारको बैठकले सम्वार्ताकार, समीक्षक तथा अध्यापक उदय अधिकारीलाई `चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार-२०७९´ प्रदान गर्ने निर्णय गरेको छ । नगद रू १५ हजार ४५ र कदरपत्रले अधिकारीलाई सम्मान गरिन लागिएको परिषद्का अध्यक्ष केदारनाथ खनालले जानकारी दिए ।

साहित्यकार सरस्वती रिजाल र गायत्री श्रेष्ठले अक्षयकोषमार्फत संयुक्तरूपमा स्थापना गरेको यो पुरस्कार २०७४ सालदेखि दिन थालिएको हो । पहिलोपटक `वन्धनबाट मुक्ति´ आत्मकथाका लागि रुकु कार्कीलाई दिइएको यो पुरस्कार २०७५ मा प्रभाकर पण्डितको कवितासङ्ग्रह `तिर्खाको लय´लाई दिइएको थियो । त्यसपछि २०७६ मा गंगा लिगल, २०७७ मा कथाकार माया ठकुरी र २०७८ मा कवि एवम् कथाकार इन्द्रकुमार सरित्को व्यक्तित्व र कृतित्वलाई दिइएको थियो ।

आगामी चैत ४ गते एक कार्यक्रमकाबीच चितवन साहित्य परिषद् भवनमा यो पुरस्कार अर्पण गरिनेछ । अधिकारीका `प्रश्न´ र `फेसिङ अ लिटिल भोल्क्यानो´ पुस्तक प्रकाशित छन् । दुवै पुस्तकमा स्रष्टासँगका कुराकानी संकलित छन् ।

सम्बन्धित समाचार