नेपालमा अवैध संरचनामा डोजर लगाएको विषयमा पक्ष र विपक्षमा वहस भइरहेका बेला भारतमा पनि गगनचुम्बी टावरहरू भत्काइएका छन् ।
अनधिकृत रूपमा बनाइएका र अनुमति विपरितको प्रयोजनमा रहेका भवन तथा संरचनाहरूमा काठमाडौं महानगरपालिकाले डोजर लाउन थालेपछि महानगरको यस कदमको विषयमा व्यापक चर्चा भइरहेको छ । संरचनाहरूमा डोजर लगाएपछि महानगर र मेयर बालेन्द्र शाहको पक्ष र विपक्षमा तर्कवितर्कहरू सिर्जना भएका छन् । मयर शाह आफै डोजरसँगै दौडिरहेका देखिन्छन् । उनको यस कदमको सर्वत्र प्रशंसा भएको छ भने केही प्रत्यक्ष प्रभावितहरूले भने विरोध पनि गरिरहेका छन् ।
एउटा प्रयोजनको लागि अनुमति लिएर अर्कै प्रयोजनका लागि प्रयोग भएको, पास भएको नक्सा भन्दा फरक बनाएको, सार्वजनिक जग्गा अधिग्रहण गरि बनाएको संरचनाहरूमा महानगरले डोजर लगाउन थालेको हो । खासगरी पार्किङको प्रयोजनका लागि बनाएका संरचनाहरूमा अर्के व्यवसाय सञ्चालन गरेपछि पार्किङमा समस्या उत्पन्न भएको थियो ।
नेपालमा अवैध संरचनामा डोजर लगाएको विषयमा पक्ष र विपक्षमा वहस भइरहेका बेला भारतमा पनि गगनचुम्बी टावरहरू भत्काइएका छन् ।
भारतमा दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३एमा रहेको प्रसिद्ध एपेक्स र केएन ट्विन टावर विष्फोट गरि ढालिएको छ ।
आइतबार दिउँसो भारतीय समय २ः३० मा सो विष्फट गरिएको हो। विष्फोटपछि केही सेकेन्डमा दुवै टावर धवस्त भएका छन् ।
टावर भएको स्थान वरिपरि धुवा फैलिएको छ । विष्फोटले आसपासका क्षेत्रमा रहेका भवनमा क्षति भए/नभएको भने एकिन भइसकेको छैन ।
नोएडाको सेक्टर ९३ए मा रहेको विवादास्पद ट्विन टावर करिब ३७०० किलो बारूदले ध्वस्त पारेको हो ।
एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन् । यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो । यी टावरको उचाइ ३२० फिट भन्दा बढी छ ।
भारत हालसम्म भत्काइएका मध्ये सबैभन्दा ठूलो भवन यही हो । मानिसको सुरक्षालाई ध्यानमा राख्दै यी भवन नजिक रहेका मानिसहरूलाई घर खाली गर्न पनि भनिएको थियो ।
ती भवनलाई अवैध भएर भत्काउन लागिएको हो । टावरहरू इम्प्लोसन टेक्नोलोजीको प्रयोग गरेर भत्काइएको हो । सो टेक्नोलोजीबाट केही सेकेन्डभित्र नै भवन भत्किएको छ ।
अगस्ट २०२१ मा भारतको सर्वोच्च अदालतले ट्विन टावरहरू भत्काउन आदेश दिएको थियो । यी टावर भत्काउनको लागि नजिकैका दुई सोसाइटीका करिब पाँच हजार बासिन्दाले घर खाली गरेका छन् ।
ट्विन टावर भएको ५०० मिटर भित्र कुनै पनि व्यक्तिलाई बस्न अनुमति दिइएको छैन ।
भिडियो