बिहिबार , कार्तिक २९, २०८१

धादिङको गजुरी-६ बेल्खुमा ट्रमा सेन्टर बनाईने

ट्रमा सेन्टर बने त्यस क्षेत्रका बासिन्दाहरू पनि लाभान्वित हुनेछन् । 

image

काठमाडौं । सरकारले धादिङको गजुरी गाउँपालिका-६ स्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट संसदमा प्रस्तुत गर्दै बेल्खुमा ट्रमा सेन्टर खोल्ने जानकारी दिएका छन् ।

यसअघि अर्थमन्त्री विष्णु पौडेलले आव २०७८/०७९ को बजेट भाषण मार्फत पनि बेल्खुमा ट्रमा सेन्टर बनाईने घोषणा गरेका थिए । पौडेलले घोषणा गरेपनि यसको प्रक्रिया अगाडि बढ्न सकेको थिएन । यस पटकको बजेट भाषणमा पनि अर्थमन्त्री शर्माले बेल्खुमा ट्रमा सेन्टर बनाईने बताएका छन् ।

पृथ्वी राजमार्गमा ट्रमा सेन्टर नहुँदा राजमार्गमा दुर्घटनामा पर्नेहरूले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ । राजमार्ग क्षेत्रमा सडक दुर्घटना हुने र समयमा उपचार नपाउने समस्यालाई मध्यनजर गर्दै सरकारले बेल्खुमा ट्रमा सेन्टर बनाउन लागेका हुन् ।

दुर्घटनाका घाइतेहरूलाई काठमाडौंसम्म ल्याउन कतिपय अवस्थामा ढिला हुने भएकाले सरकारले पृथ्वी राजमार्गको पासैमा ट्रमा सेन्टर खोल्न लागेको हो ।

अघिल्लो सरकारले बजेट भाषणमा मात्रै सिमित गरेपछि निराश बनेका राजमार्ग क्षेत्रका बासिन्दा अहिलेको सरकारले पनि निरन्तरता दिए पछि केही आशावादी भएका छन् ।

ट्रमा सेन्टर बने त्यस क्षेत्रका बासिन्दाहरू पनि लाभान्वित हुनेछन् ।

सम्बन्धित समाचार