बिहिबार , अषोज ३, २०८१

सात महिनामा भित्रिए पाँच लाख ३४ हजार पर्यटक

image

काठमाडाैं । सन् २०२३ को जुलाईमा ५७ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जुलाईमा ५७ हजार ७२६ पर्यटक नेपाल आएका हुन् ।

जुनको तुलनामा जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्या घटेको छ । तथ्यांकअनुसार जुनमा हवाई तथा स्थलमार्ग हुँदै ७२ हजार २२० जना पर्यटक नेपाल भित्रिएका थिए ।

जुलाईमा सबैभन्दा धेरै २१ हजार ३५७ पर्यटक भारतबाट आएका छन् । त्यस्तै चीनबाट पाँच हजार ६९३, अमेरिकाबाट पाँच हजार ५६१ पर्यटक भित्रिएका छन् ।

बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुईसय ४४, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सातसय ७३ र मेमा ७७ हजार सातसय तीन विदेशी पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७२ हजार दुईसय ५० जना विदेशी पर्यटक नेपाल आएका छन् ।

सन् २०१९ को पछिल्लो सात महिनामा पाँच लाख ३४ हजार पर्यटक नेपाल भित्रिएका छन् । यस वर्षको अन्त्य सम्मा १० लाख पर्यटक भित्रिने बोर्डको अनुमान रहेको छ ।

सम्बन्धित समाचार