राष्ट्रिय युवा परिषद्ले सामाजिक चेतनामूलक भिडियो निर्माण गरेर युट्युब तथा टिकटक माध्यमबाट प्रशारण गर्ने प्रतियोगिता आयोजना गरेको छ ।
काठमाडौं । तपाईँले सामाजिक सञ्जाल टिकटकमा आफ्नो उपस्थिति पक्कै जनाउनु भएको होला । पछिल्लो समयमा सर्वाधिक रुचाइएको भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा भिडियो शेयर गर्ने हाेडबाजी नै चलेको छ । प्रयोगकर्ताहरूले आफूलाई मन लागेका भिडियोहरू बनाएर शेयर गर्दछन् । तर भिडियो बनाउने, शेयर गर्ने र अरुको भिडियो हेर्ने गर्दा प्रयोगकर्ताहरूको समय र पैसा समेत वर्वाद हुँदै आएको छ । टिकटकप्रेमीहरूका लागि एउटा खुसीको खबर छ ।
राष्ट्रिय युवा परिषद्ले सामाजिक चेतनामूलक भिडियो निर्माण गरेर युट्युब तथा टिकटक माध्यमबाट प्रशारण गर्ने प्रतियोगिता आयोजना गरेको छ ।
परिषदले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक सन्देशमूलक युट्युब तथा टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
टिकटक तथा युट्युब भिडियो निर्माण गर्न इच्छुक व्यक्ति तथा समूहले सामाजिक मुद्दामा टिकटक तथा युट्युब भिडियो निर्माण गरी आफ्नै टिकटक एकाउण्ट तथा युट्युब च्यानलमा अपलोड गर्नुपर्ने परिषद्ले जनाएको छ ।
लागुपदार्थ दुव्र्यसन विरुद्धमा युवा, लैङ्गिक तथा जातीय विभेद र छुवाछुत विरुद्धमा युवा, धामी झाँक्री बोक्सी जस्ता कुप्रथा विरुद्धमा युवा, छाउपडी प्रथा, रजस्वला समयमा गरिने भेदभाव र छुवाछुत परम्परा विरुद्धमा युवा विषयमा टिकटक तथा युट्युव बनाउन सकिनेछ ।
यस्तै, बन्यजन्तु तथा वतावरण संरक्षणमा युवा, स्वस्थ खाना अभियानमा युवा (जंक फुड विरुद्धमा युवा), भ्रष्टाचार विरुद्ध तथा सुशासनको लागि युवा, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनमा युवालगायतका विषयमा पनि टिकटक तथा युट्युव बनाउन सकिने परीषद्ले जनाएको छ ।
परिषद्का प्रशासकीय प्रमुख रमाकान्त पाण्डेका अनुसार साउन २२ सम्म टिकटक तथा भिडियो अपलोड गर्नुपर्नेछ ।
धेरैजनाले एक भिडियो निर्माण गरेको भए प्रमाणपत्र सबैलाई दिइनेछ । तर, पुरस्कृत भएमा एक भिडियोको लागि एक पुरस्कार मात्र व्यवस्था गरिनेछ ।
टिकटक भिडियोतर्फ प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कारको रासी क्रमस ३० हजार, २० हजार, १५ हजार र १० हजार उपलब्ध गराइनेछ । त्यस्तै, युट्युब भिडियोतर्फ प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कारको रासी क्रमस स् ४० हजार, ३० हजार, २० हजार र १० हजार हुने उपलब्ध गराइनेछ ।
हेर्नुहाेस् सूचना: