अहमद अल-काहतानीलाई ९/११ को अपहरणमा संलग्न भएको आरोप लगाइएको थियो । यो सैन्य जेल संसारकै सबैभन्दा विवादास्पद जेल मानिन्छ ।
कैदी राख्नका लागि संसारमा कैयौं कारागार बनेका छन् ।यी जेलहरूमध्ये धेरै खतरनाक र डरलाग्दा छन् । धेरै जेलहरू धेरै महँगा छन्, जहाँ कैदीको लागि करोडौं रूपैयाँ खर्च हुन्छ ।
हरेक कारागारमा कैदीबन्दीका लागि पैसा खर्च हुने गर्छ तर आज हामी यस्तो जेलको बारेमा बताउन गइरहेका छौँ, जसको लागत थाहा पाएर तपाई छक्क पर्नुहुनेछ ।यो जेलमा संसारका डरलाग्दोदा आतंककारीहरूलाई राखिएको छ। यस जेलको नाम विश्वकै महँगो जेलको सूचीमा छ ।यो ग्वान्टानामो बे जेल हो, जुन ग्वान्टानामो खाडीको किनारमा अवस्थित छ । यो जेल सन् २००१ मा अमेरिकामा सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलापछि शुरू भएको थियो ।
यो कारागारको सुरक्षा व्यवस्था निकै कडा छ । सबैभन्दा अचम्मको कुरा के छ भने यस जेलमा एक कैदीका लागि ४५ जना सैनिक तैनाथ छन् ।
यद्यपि, विश्वको सबैभन्दा खतरनाक र महँगो जेल, ग्वान्टानामो बेको एक इकाई अप्रिल २०२१ मा बन्द गरिएको थियो । ग्वान्टानामो बे जेलको क्याम्प-७ मा १४ जना कैदीबन्दी राखिएको थियो । धेरैले ग्वान्टानामो जेललाई धर्तीको नर्क पनि भनेका छन् । ग्वान्टानामो बे जेलमा एक कैदीको लागि करीब डेढ अर्ब रूपैयाँ खर्च हुन्छ, जसका कारण यो जेल खतरनाक हुनुका साथै सबैभन्दा महँगो पनि रहेको बताइएको छ । यो जेलमा संसारका डरलाग्दा आतंककारीहरूलाई राखिएको छ । केही दिनअघि यही कारागारमा रहेका साउदी अरबका एक कैदी रिहा भएका थिए ।
अहमद अल-काहतानीलाई ९/११ को अपहरणमा संलग्न भएको आरोप लगाइएको थियो । यो सैन्य जेल संसारकै सबैभन्दा विवादास्पद जेल मानिन्छ । कैयौं पटक बन्दको माग पनि उठेको छ । यो कारागारको सुरक्षा व्यवस्था निकै कडा छ । सबैभन्दा अचम्मको कुरा के छ भने यस जेलमा एक कैदीका लागि ४५ जना सैनिक तैनाथ छन् । एक रिपोर्ट अनुसार यहाँ १८०० सैनिक तैनाथ गरिएको छ ।
यस ग्वान्टानामो जेलमा हाल ३८ जना कैदीहरू छन्, जो निकै डरलाग्दा आतंकवादी हुन् । प्रत्येक कामको लागि छुट्टै कर्मचारी छ । कारागारमा २ गोप्य मुख्यालयसहित ३ वटा भवन छन् । यस कारागारमा ३ वटा क्लिनिक पनि छन् । अत्याधुनिक सुविधासहितको यस कारागारभित्र अदालत, तलब बोर्ड र सुनुवाइ कक्ष रहेको छ । यहाँ निजी कोठामा कैदीले आफ्ना वकिलसँग आरामसँग कुरा गर्न सक्छन् ।
यस कारागारमा कैदीबन्दीलाई जिम, प्ले स्टेसन, सिनेमा हल जस्ता सुविधा पनि छन् । कैदीहरूको मानसिक स्वास्थ्य हेरचाह गर्न यहाँ मानसिक चिकित्सकहरू पनि तैनाथ हुन्छन् । क्युबामा रहेको यो जेल कुनै समय अमेरिकी नौसेनाको बेस थियो। तर सन् २००२ मा यसलाई हाइटेक जेल बनाइयो ।
डरलाग्दा आतंककारीहरूलाई यो जेलमा राख्न थालियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा यसलाई बन्द गर्ने कुरा गरेका थिए ।