बिहिबार , मंग्सिर ६, २०८१

पर्यटकको सङ्ख्या बढेसँगै सुध्रिन थाल्यो श्रीलङ्काको अर्थतन्त्र 

त्यहाँको पर्यटन विकास प्राधिकरणका अनुसार पर्यटकको आगमन प्रत्येक महिना बढ्दै गएको र विदेशी मुद्राको आर्जनले अर्थतन्त्र सबल बन्दै गएको छ । 

image

काठमाडौं । कोभिड १९ महामारी, बाह्य ऋण, आन्तरिक राजनीतिक अस्थिरता, आर्थिक अनियमितता लगायत कारणले ध्वस्त बनेको श्रीलङ्काको अर्थतन्त्र पर्यटकको सङ्ख्या वृद्धि भएसँगै सुधारोन्मुख देखिएको छ ।

त्यहाँको पर्यटन विकास प्राधिकरणका अनुसार पर्यटकको आगमन प्रत्येक महिना बढ्दै गएको र विदेशी मुद्राको आर्जनले अर्थतन्त्र सबल बन्दै गएको छ ।

अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ र सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेको प्राधिकरणले जनाएको छ ।

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ ।

गत महिना ९२ हजार पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए भने सन् २०२२ मा ६ लाख ७८ हजार तीन सय ९२ जना पर्यटक निम्ति आएका थिए ।

कोभिड–१९ महामारीसँगै आर्थिक एवं राजनीतिक सङ्कटले जकडिएको देशको अर्थतन्त्रलाई उजिल्याउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ ।

महामारी न्यूनीकरण भएसँगै विश्वकै पर्यटन क्षेत्र ब्युँतिन थालेको छ ।

सम्बन्धित समाचार