मंगलबार , अषोज ८, २०८१

‘ब्ल्याक सी’मा हैकम जमाउने रुसको सपना तत्कालका लागि तुहिएको हो ?

'स्नेक आइल्याण्ड'बाट पछि हट्नु 'ब्ल्याक सी'को नियन्त्रणको लडाईमा रुसका लागि ठुलै मात्रामा प्रतिकुल ठहर्ने निश्चित छ । अन्यत्रबाट रुसलाई लाभ भएजस्तो देखिएपनि समग्रमा हेर्दा यो युद्ध सक्किने संकेत भने पक्कै होइन ।

image

गत फेब्रुअरीमा युक्रेनमाथि धावा बोलेको रुसले पूर्वी ‘ब्ल्याक सी’मा अवस्थित एक सानो टापुमाथि केहि समयदेखि आधिपत्य जमाउँदै आइरहेको  छ । समुद्री तटदेखि ४८ किमिको दुरीमा अवस्थित स्नेक आईल्याण्ड नाम गरेको उक्त टापु रुसले आक्रमणको पहिलो दिनमै नियन्त्रणमा लिएको थियो ।

टापुलाई अधिनमा लिनु रुसका लागि रणनीतिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ किनकि यसले गर्दा उनीहरुलाई युक्रेनका बाँकी रहेका तीन वटै व्यापारिक बन्दरगाह आफ्नो नियन्त्रणमा लिन सजिलो हुन्छ- तीनै मध्येको एक ओडेसा बन्दरगाहमार्फत हुने अन्नपातको निर्यातमा समेत रुसी नाकाबन्दीले गर्दा रोक लागेको छ ।  युक्रेन संसारकै प्रमुख अन्न निर्यातकर्तामा गनिन्छ ।

INTERACTIVE_Ukraine_SnakeIsland Map

तस्बीर सौजन्य : अलजजीरा

फेब्रुअरी २४, अर्थात आक्रमणको पहलो दिन रुसी सेनाको जहाजले आत्मसमर्पण गर्न भनेपछि त्यहाँ अवस्थित युक्रेनी नावीको एउटा समुहले कडा शैलीमा त्यसको प्रतिरोध गरेको घटनाले गर्दापनि सो टापु चर्चामा छ ।

बिहिवार भने रुसी सेनाले टापु छोडेको घोषणा गरेको छ- यस युद्धमा युक्रेनका लागि यो एउटा महत्त्वपूर्ण जित हो । युक्रेनको निरन्तर आक्रमणले गर्दा रुसलाई टापु वशमा राखिरहन हम्मेहम्मे नै परेको थियो ।

सुरुवाती दिनहरुमा टापुमा आफ्नो उपस्थिति मजबुत देखाउन रुस केहि हदसम्म सफल भएको थियो । ‘एअर डिफेन्स रेडार’ तथा ‘एन्टी-एअरक्राफ़्ट मिसाईल’को सहाराले युक्रेनी आक्रमणबाट बच्दै रुसले टापुलाई किल्लामा परिणत गर्ने कोशिस पनि गरेको थियो । उक्त कोसिसमा सफल भएको भए रुस त्यस क्षेत्रको हवाई एवम् तटीय मार्गमा एकछत्र राज गर्न सक्ने हुन्थ्यो । आक्रमणमा सफल भए पनि रुसी सेनाले आफ्ना थुप्रै सशस्त्र ड्रोन नष्ट पारिदिएकाले युक्रेनका लागि त्यो आक्रमण महँगो साबित भयो । त्यसपछि आफ्नो ‘एन्टी-शिप मिसाईल’ प्रयोग गर्न अग्रसर देखिएको युक्रेनले त्यसैको मद्दतले अप्रिल १४ का दिन रुसी सेनाको गौरवको रुपमा रहेको ‘मस्क्वा’ नाम गरेको जहाज डुबाइदियो ।

यस जहाज डुबेपश्चात्, निरिह बनेको रुसी सेना आफ्ना अधिकांश जहाज फिर्ता बोलाउन बाध्य भयो र त्यसैको परिणामस्वरूप ‘स्नेक आईल्याण्ड’ सुरक्षाविहीन बन्न पुगेको हो । जुन महिनामा भारी मात्रामा हातहतियार तथा कर्मचारी बोकेको ठुलो जहाज युक्रेनले ध्वस्त बनाइदिएपछि रुस आफ्नो स्थितिमाथि पुनर्विचार गर्न बाध्य भयो ।

सशक्त सुरक्षा प्रणालीका बावजुद युक्रेनको लगातारको आक्रमणले गर्दा रुसलाई टापुमा टिक्न मुस्किल भएको हो । रुसी रक्षा मन्त्रालयले भने ‘सद्भाव’ कायम गर्न र उक्त बन्दरगाहबाट अन्नपात निर्यात गर्न संयुक्त राष्ट्रसंघले चालेको प्रयासमा साथ दिन आफू पछि हटेको भन्ने किसिमको बयान दिएको छ।

‘स्नेक आइल्याण्ड’बाट पछि हट्नु ‘ब्ल्याक सी’को नियन्त्रणको लडाईमा रुसका लागि ठुलै मात्रामा प्रतिकुल ठहर्ने निश्चित छ । अन्यत्रबाट रुसलाई लाभ भएजस्तो देखिए पनि समग्रमा हेर्दा यो युद्ध सक्किने संकेत भने पक्कै होइन ।

बुधवार राति भिषण हमलामार्फत रुसी सेनालाई धपाएको युक्रेनले दाबी गरिसकेको छ । युक्रेनी रास्ट्रपति भोलोदिमिर जेलेन्स्किका ‘चिफ अफ स्टाफ’ एन्ड्री येर्माक ट्विटरमा लेखिसकेका छन्, “कबूम ! नो रसियन ट्रुप्स अन स्नेक आईल्याण्ड एनी मोर । आवर आर्म्ड फोर्सेज डीड अ ग्रेट जब ।” अर्थात् “स्नेक आईल्याण्डमा अब रुसी सैनिक छैनन्, हाम्रो सशस्त्र सेनाले महान काम गर्यो ।”

युक्रेनको असाध्यै सानो नौसेना युद्धको आउने दिनहरूमा रुसमाथि अझ कडा रुपमा हावी हुने सम्भावना बढेर गएको छ । स्वदेशी तथा विदेशी मिसाईल एवम् सशस्त्र ड्रोनले गर्दा ब्ल्याक सीमा बाँकी रहेका रुसी जहाजहरूलाई चल्न खतरा हुने देखिन्छ ।

अहिलेसम्म युक्रेनकै नियन्त्रणमा रहेको ओडेसाको बाटो हुँदै अत्यावश्यक अन्न निर्यात गर्न एवम् विदेशी ढुवानीलाई आवतजावत गर्न पनि अब पहिलेजस्तो खतरा हुनेछैन । रुसी रक्षा मन्त्रालयले बिहीबार टापुबाट आफ्नो पछि हट्नुलाई ‘सद्भावनाको इशारा’ को रूपमा वर्णन गरेको थियो, जसको अर्थ मस्कोले ब्ल्याक सी’मा युक्रेनी बन्दरगाहहरूबाट संरक्षित अन्न निर्यात एवम् व्यवस्थित गर्न संयुक्त राष्ट्र संघको प्रयासमा हस्तक्षेप गर्दैन भन्ने रहन्छ ।

रसियाको यस खबरपश्चात् उत्साहित भएको युक्रेनले ब्ल्याक सीमा हैकम जमाउने रुसको सपना तत्कालका लागि तुहिएको बतायो तर, त्यसको एक दिन नबित्दै युक्रेनले रुसी सेनाले डोनबास र माइकोलाइभ क्षेत्रमा उच्च परिशुद्धता हतियारसहित पाँच युक्रेनी सेनाको कमाण्ड पोष्टलाई ध्वस्त पारेको  र जापोरिझ्झिया क्षेत्रमा तीनवटा भण्डारण स्थलहरूमा पनि आक्रमण गरेको बताएको छ । मस्कोले ब्ल्याक सीको चट्टानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लिएको एक दिन पछि अर्थात हिजो (शुक्रबार) टेलिग्राममार्फत यो कुरा बताएको हो ।

स्नेक आइल्याण्डको स्याटेलाइटबाट खिचिएको तस्बीर, तस्बीर : अलजजीरा

सम्बन्धित समाचार