बुधबार , मंग्सिर ५, २०८१

श्री कृष्णका यी मन्त्र जप्नाले मिल्नेछ समस्याबाट छुटकारा

image

आज भाद्र कृष्णपक्ष अष्टमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । नेपालको विभिन्न भूभागमा यस दिनलाई आआफ्नै तरिकाले मनाउने गरिन्छ । पूर्वी नेपालमा यसको रौनक बेग्लै किसिमको रहने गरेको छ भने पश्चिम नेपालमा यसलाई बेग्लै ढङ्गले मनाउने गरिन्छ । विशेषगरि थारु समुदायले कृष्ण जन्माष्टमी लाई अष्टिम्की पर्वको रूपमा मनाउने गर्दछन् । यो पर्वको तयारी लाई अष्टिम्की चित्र भनिन्छ ।

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती समेत भन्ने गरिन्छ । यो भगवान् विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दुहरूले मनाउने वार्षिक पर्व पनि हो । कृष्णा जन्माष्टमीमा हिन्दुहरूले भगवान् श्री कृष्णको पूजा-आराधना गर्ने गर्छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दु पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक सङ्घसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने गरेको समेत पाइन्छ ।

हिन्दु धर्म अनुसार भगवान् श्री कृष्ण को प्रभावशाली मन्त्र जुन समस्या छ त्यो अनुसार कुनै एक मन्त्र आज राति १००८ पल्ट जाप गर्नाले सम्बन्धित समस्याबाट छुटकारा मिल्छ ।

१. श्री कृष्ण मूत्र मन्त्र
कृ कृष्णाय नमः यो मन्त्रको जप गर्नाले धन र अन्नको प्राप्ति हुने बताइएको छ ।

२. श्री कृष्ण महामन्त्र
श्रीकृष्णाय वयं नुमस्
सच्चिदानंदरूपाय विश्वोत्पत्यादिहेतवे।तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमस्।।
(भगवान् श्रीकृष्णको महामन्त्रको जप गर्नाले करोडौँ जन्मका सबै पाप-कष्ट नष्ट हुन्छन् ।  जसले यो मन्त्रको जप गर्दछ, उसले अश्वमेध यज्ञको समान पुण्य प्राप्त गर्दछ ।)

३. श्री कृष्ण गायत्री मन्त्र
ओम देविकानन्दनय विधमहे वासुदेवाय धिमहि तन्नो कृष्णस् प्रचोदयात ।।
( यस मन्त्रले मनलाई शान्ति प्रदान गर्दछ, दुःख र कस्ट हटाउँछ ।)

४. श्री कृष्ण गोविन्द हरे मुरारी,
हे नाथ नारायण वासुदेव ।
( यो भगवान् कृष्णको सबैभन्दा सरल र प्रभावकारी मन्त्र मानिन्छ ।  यस मन्त्रको जप गर्नाले उहाँको भक्ति र अनुग्रह प्राप्त हुन्छ । सबै प्रकारका दुःखहरू हटेर भक्तको रक्षा गर्छन् ।)

५. हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे राम, हरे राम, राम राम, हरे हरे ।
(यदि कोही भगवान् श्रीकृष्णको भक्ति प्राप्त गर्न चाहन्छ भने उसले यो मन्त्रको जप गर्नुपर्छ ।)

६. संतान गोपाल मंत्र
ॐ देवकीसुत गोविदं वासुदेव जगत्पते।देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः
(यदि विवाहको लामो समय बितिसक्दा पनि सन्तान सुखबाट वञ्चित हुनुहुन्छ भने जन्माष्टमीका दिन भगवान् श्रीकृष्णको बालस्वरूपको पूजा गर्नुपर्छ । पूजा गर्दा संतान गोपाल मन्त्रको जप गर्नुपर्छ । धार्मिक मान्यता अनुसार गोपाल मन्त्रको जप गर्ने व्यक्तिलाई पुत्र प्राप्त हुन्छ । )

Tags:

सम्बन्धित समाचार