शुक्रबार , अषोज ४, २०८१

सर्लाहीमा रोकिएको मतदान सुरू, सेना पहिलो घेरामा

सर्लाहीको धनकौल गाउँपालिका–२ को दुई वटा मतदान केन्द्रमा मतदान सुरु भएको छ। 

image

 सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–२ स्थित दुई वटा मतदान केन्द्रमा अवरूद्ध भएको मतदान पूर्ण  सुरु भएको छ ।

निर्वाचन अधिकृत शिवदत्त बरालले  केहि राजनीतिक दलका नेता कार्यकर्ताबीचको झडपले ७ घण्टादेखि स्थगित भएको दुई वटा मतदान केन्द्रमा मतदान सुरू भएको जानकारी दिए ।

बरालका अनुसार पौने तीन बजेदेखि मतदान पुनः सुरू भएको हो ।

उम्मेदवारको प्रतिनिधि राख्ने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच बिहानैदेखि झडप भएको थियो ।

नेपाली सेनालाई नै पहिलो घेरामा राखेर मतदान सुरू गराईएको निर्वाचन अधिकृत दत्तले जानकारी दिए ।

 

सम्बन्धित समाचार