साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ ।
काठमाडौं । आज यस वर्षको साउन महिनाको अन्तिम सोमबार हाे । सोमबारको व्रत समाप्त गर्नेहरुको लागि पशुपतिनाथमा आज ठूलाे चहल पहल छ ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्ने गर्छन् । साउनको सोमबारलाई भगवान् शिवको पि्रय बार मानिने भएकाले यस दिन श्रद्धालुहरू व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास समेत रहि आएकाे छ ।
बोलबम तीर्थालुहरुको पनि पशुपति लगायत देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको पशुपतिसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो छ ।
काठमाडाैं उपत्यकामा मात्र नभएर चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ ।