यो दिनमा समूह मिलेर 'ला छकू वयक समबजि' भन्दै टोलटोलमा समयबजि माग्ने चलन पनि रहेको छ । यस दिन विशेष गरेर समेबजि दान दिनु भनेको पञ्चतत्व दान दिनु सरह मानिन्छ ।
संस्कृति जातिको पहिचान हो । प्रत्येक जातिको आ–आफ्नै मौलिक संस्कृति हुन्छ । संस्कृतिले विभिन्न जातजाति, भाषाभाषी र धर्म आदिको विशेषतालाई चिनाउँछ । नेवा संस्कृतिमा निकै लोकप्रिय ‘समयबजि (समेबजि)’ लाई लिन सकिन्छ । येँया: पुन्हीका दिन पितृ तर्पणका कार्य सम्पन्नका लागि समयबजि दान दिने चलन छ ।
येँयाःको बेला नेवाः समुदायको बस्तिमा विशेष गरेर गणेशको मन्दिर अगाडि कलात्मक रुपले समेबजि, मिठाई, फलफूल सजाएर प्रदर्शन गर्ने र आ-आफ्ना घर-टोलसँग बाँडेर खाने गरिन्छ । जात्रा अवधिभर पूजाप्रसादको रुपमा ‘समेबजि’ खाइने हुँदा ‘समेबजि पुन्हि’ समेत भन्ने गरिन्छ ।
यो दिनमा समूह मिलेर ‘ला छकू वयक समबजि’ भन्दै टोलटोलमा समयबजि माग्ने चलन पनि रहेको छ । यस दिन विशेष गरेर समेबजि दान दिनु भनेको पञ्चतत्व दान दिनु सरह मानिन्छ ।स्याःबजि (एक प्रकारको च्युरा), हाकु मुस्या (कालो भटमास), पालु कुचा (अदुवाको टुक्रा), छोयला र वो (बारा) को पञ्च तत्त्व स्वरूपको तान्त्रिक खानेकुरा हो- समयबजि ।
स्याःबजि भन्नाले आकाशको प्रतीक, हाकु मुस्या भन्नाले वायुको प्रतीक, अदुवाका टुक्रा तेजको प्रतीक, माछा । मासु जलको प्रतीक र बारा पृथ्वीको प्रतीकको रूपमा लिएका छन् । येँयाः जात्राभरी टोलटोलमा समेबजिको साथै ‘हाथु हायेकेगु’ भनेर भैरवको मूर्तिमा रक्सी र जाँड चढाइ प्रसादको रुपमा ग्रहण गरिन्छ । त्यस्तै गरेर घर घरमा ‘दलूचा’ अर्थात् ‘झ्यालबाहिर झुण्ड्याउने दियो’मा पुजा गरिन्छ ।
तस्बीर : Jaa Dangol