बच्चा चोर अफवाहको आतंक बाँके अथवा बुटवलमा मात्रै सीमित छैन । बच्चा चोरी हुनेअफवाहको आतंकको लहैलहैमा लागेर शनिबार सिरहामा एउटा भीडले दुई जना पारलैंगिक महिलामाथि कुटपिट गरेको छ ।
केही दिनअघि बुटवलबाट तीन जना बालक हराए । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षीय प्रदीप पन्थी विद्यालय जान भनी सँगै घरबाट निस्केका थिए । विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारले खोजी गरेका थिए ।
बुटवलबाट हराएका तीन बालक भारतको केरलामा भेटिए । यो पनि बच्चा चोरीकै घटनासँग सम्बन्धित हो त ? इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भन्छन्, उनीहरूलाई कसैले चोरी गरेको होइन । ती बालक नेपाल आइपुगि नसकेको उनीहरू नेपाल फर्किएपछि कसरी त्यहाँ पुगे भन्ने अनुसन्धान गरिने प्रहरीले बताएको छ ।
यस सँगै बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१० स्थित न्यू ग्यालेक्सी स्कुलले गत बिहीबार एउटा सूचना निकाल्यो । जसमा स्कुलले आफ्ना विद्यार्थीका अभिभावकलाई लक्षित गरी सूचना निकालेको थियो । सूचनामा अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय ल्याउँदा र लैजाँदा विशेष ध्यान दिन भनिएको छ । विद्यालयले यसरी सूचना निकाल्नुको कारण समेत उल्लेख गरेको छ ।
बच्चा चोर अफवाहको आतंक बाँके अथवा बुटवलमा मात्रै सीमित छैन । बच्चा चोरी हुनेअफवाहको आतंकको लहैलहैमा लागेर शनिबार सिरहामा एउटा भीडले दुई जना पारलैंगिक महिलामाथि कुटपिट गरेको छ ।
दिउँसो ४ बजे लहानस्थित लक्ष्मीपुरमा दुई जना पारलैंगिक महिलामाथि कुटपिट भएको थियो । मुन्नी किन्नर र चन्दा किन्नर बस चढ्न लाग्दै थिए । एक्कासी दुई-चार जना पुरूष आएर यिनीहरूले बच्चा चोरेको भन्दै आरोप लगाएर निर्घात कुटपिट गरेका हुन् ।
उनीहरूमाथि थप व्यक्तिले पनि निर्घात कुटपिट गरेको निल हिरा समाजले जनाएको छ । प्रहरीलाई बुझाएपछि प्रहरीले पनि कुटपिट गरेको उक्त समाजको दाबी छ । कुटपिटबाट पीडित पारलैंगिक महिलाहरूको शरीरका विभिन्न भागमा निलडाम र चोट लागेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले बच्चा चोरी हुने कुरा अफवाह मात्रै भएको बताएका छन् । उनले भनेका छन् यी सबै ‘यो सबै भ्रम/ अफवाह मात्रै हो। हामीले यस्तो घटनाहरू कहाँ/कहाँ भएका छन् भनेर बुझ्दा कहीँ पनि भएको छैन। बिहान मात्रै हामीले सबै प्रदेशबाट अपडेट मागेका थियौं । यसलाई हामीले गम्भीर रूपमा लिएका छौं,’ उनले थप भनेका छन् ‘सामाजिक सञ्जालमा यसरी भ्रम छर्नेमाथि छानबिन गर्छौं । हामीले साइबर ब्युरोमार्फत अनुसन्धान सुरू गरेका छौं । यस अन्तर्गत नेपाल प्रहरीले सुचना पनि निकालेको छ ।