सोमबार , भाद्र ३१, २०८१

७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी

image

अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको आज ७१ वर्ष पुगेको अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड , नेपाल पर्वतारोही सङ्घ लगायत अन्य पर्वतारोहण सङ्घ संस्थाले शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गरियो । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख आजकै दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए ।

सम्बन्धित समाचार