मंगलबार , अषोज १, २०८१

रसिया र युक्रेनको युद्ध के हो, कहाँ-कहाँ प्रभाव देखियो ?

युक्रेनमा सन २०१९ मा नयाँ राष्ट्रपतिको रूपमा भ्लादमिर ज्यालेन्सकी पिपुल अफ सर्भन्ट पार्टीबाट निर्वाचित भए । यिनले 'युक्रेन ईयु हुँदै नेटोमा जान चाहन्छ' भन्ने आवाज सशक्त बनाए । आफ्नो सार्वभौमसत्ता माथि कसैले हस्तक्षेप गरे भने पछाडि नहट्ने अडान लिए ।

image

Photo by: Google

द्वन्द्वको परिभाषा हेर्ने हो भने, कुनै  दुई वा सो भन्दा बढी राष्ट्रहरू बीच हुने विवाद नै द्वन्द्व हो । द्वन्द्वको ठुलो रूप युद्ध  हुन्छ । युद्ध हिंसात्मक प्रकृतिको हुन्छ । युद्ध हुनुको प्रमुख कारणमा मूलतः राजनीतिक, आर्थिक, भू-सांस्कृतिक र सामाजिक रहन्छन् । यसै सन्दर्भमा रुस र युक्रेनको विवाद पनि यिनै कारणको परिणामले वर्तमान स्वरूपमा पुगेको हो भन्न सकिन्छ ।

रुस र युक्रेनको युद्ध कसरी सिर्जना हुन पुग्यो त ?

सन् १९२२ मा सोभियत संघको (USSR- Union of Soviet Socialist Republics) स्थापना भयो । सोभियत संघ अन्तर्गत रुस, जर्जिया, युक्रेन, मोल्दोवा, अर्मिनिया, बेलारुस, अजरवैजान, काजकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, किर्गिस्तान, एन्टोनिया, लातभिया, लिथुयानिया, इस्टोनिया गरी १५ वटा गणराज्य  (राष्ट्रहरू) रहेका  थिए ।

सोभियत संघको सबैभन्दा ठुलो राष्ट्र रुस थियो  । वास्तवमा पुरै देशको प्रशासन  र अर्थव्यवस्थामा रुसको केन्द्रिकरण रहेको थियो । सोभियत संघका सबै राष्ट्रहरूमा अत्यधिक ‘रुसीकरण’ देखिन थालेपछि यी राष्ट्रहरूले युएसएसआरको गठन आफ्नो हितका लागि नभएको कुरा अन्य राष्ट्रले  गरे । त्यसपछि सन् १९२२ मा गठन भएको सोभियत संघ सन् १९९१ डिसेम्बर २६ (क्रिसमस डे) का दिन विघटन हुन् पुग्यो । सोभियत संघको विघटन पछि रुस र युक्रेनले स्वतन्त्र राज्यको मान्यता प्राप्त गरेका थिए ।

कुनै समय युक्रेन सोभियतको हिस्सा थियो । सन्  १९९१  पछि यो अलग राष्ट्र हुन पुग्यो । रुस युरोप र एसियामा दुवै महादेशमा पर्दछ । रुसलाई युरोप र एसियामा पर्ने भएकाले ‘युरेसिया’ पनि भन्ने गरिन्छ । युरोपको पश्चिमी भागको करिब ३०-३५ प्रतिशत भू-भाग र एसियाको पूर्वी क्षेत्रको करिब ६० प्रतिशत जति भू-भाग रुसमा पर्दछ । युरोपको पश्चिमी भू-भागमा मात्र मानिसहरूको बसोबास रहेको छ र एसियाको पश्चिमी भागमा मानिसहरूको बसोबास शून्य रहेको छ ।

रसियाको ठुलो बन्दरगाह भलादिभोस्तक हो । यो प्रशान्त महासागर अन्तर्गत पर्दछ । यो बन्दरगाह चार महिना बन्द र आठ  महिना खुल्ला रहन्छ । रसियाले विश्वको करिब ८० प्रतिशत सामानको निर्यात यही बन्दरगाहबाट गर्दछ । रुसको आफ्नो बन्दरगाहबाट अर्को बन्दरगाहमा पुग्ने पहुँच कम रहेको छ ।

युक्रेनको दक्षिणी भू-भागमा क्रिमिया भन्ने टापु रहेको छ ।  क्रिमियामा सेलभास्टोपोल बन्दरगाह रहेको छ । यो क्षेत्र युक्रेनको हो,  तर रसियाले आफ्नो क्षेत्र भनी दाबी गरिरहेको छ । रसिया आफ्नो आर्थिक गतिविधि बढाउन सेलभास्टोपोल, ब्ल्याक सी, टर्कीको वोस्फोरम, भू-मध्य सागर, जिब्राल्टा हुँदै आन्ध्र महासागरबाट आफ्नो उत्पादन वस्तु विश्वभर फैलाउन चाहन्छ । तर, त्यसको लागि रुसलाई युक्रेनमा पर्ने केही बन्दरगाह आवश्यक पर्दछ । विश्वको व्यापार क्षेत्रलाई चलायमान बनाउने प्रमुख बन्दरगाह क्रिमियाको क्षेत्रमा पर्ने सेल्भास्टोपोल हो । यो बन्दरगाह आन्ध्र महासागर क्षेत्रसम्म पुग्ने मुख्य बाटो हो । सेल्भास्टोपोल रसियाका लागि मात्र नभई युरोप, उत्तर दक्षिणी अमेरिकाको लागि पनि उत्तिकै महत्त्वपूर्ण बन्दरगाह हो ।

अमेरिकाले पनि यो बन्दरगाहमा आफ्नो पहुँच होस भन्ने ठान्थ्यो । रसियाका अधिकांश ग्यास, पेट्रोलियम पाइपलाइन यो क्षेत्रबाट हुँदै गएका छन् । युक्रेनका जनताहरू ईयुमा जान चाहन्थे तर, सन् २०१४ मार्च १८ मा रसियासँग युक्रेनका राष्ट्रपतिले असमान सन्धि गरेपछि क्रिमियाको क्षेत्र रसियाले आफ्नो  कब्जामा लियो र आफ्ना सैनिक तैनाथ गर्‍यो । रसियाले क्रिमिया कब्जा गरेपछि रसियालाई जि-८ ( G-8)  बाट निलम्बन गर्ने निर्णय अमेरिकाले गर्‍यो । त्यसपछि अमेरिकाले रसियामाथि आर्थिक प्रतिबन्ध लगाउन थाल्यो, तर त्यसको असर रसियालाई केही परेन ।

रसिया र युक्रेनको पूर्वी भागमा डोन्बास क्षेत्रमा पर्ने दुई राज्य लुहान्स र डोनेस्टले  छन् । यी दुवैले सन् २०१४ मे ११ मा आफूलाई स्वतन्त्र राज्यको घोषणा गरेका थिए । यस क्षेत्रमा रसियन संस्कृतिको प्रभाव थियो भने यो क्षेत्र युक्रेनमा पर्दछ । रसियाले डोनबास क्षेत्र आफ्नो कब्जामा लिइसकेपछि त्यो क्षेत्रमा सेना परिचालन गर्‍यो ।

युक्रेनमा सन २०१९ मा नयाँ राष्ट्रपतिको रूपमा भ्लादमिर ज्यालेन्सकी पिपुल अफ सर्भन्ट पार्टीबाट निर्वाचित भए । यिनले ‘युक्रेन ईयु हुँदै नेटोमा जान चाहन्छ’ भन्ने आवाज सशक्त बनाए । आफ्नो सार्वभौमसत्ता माथि कसैले हस्तक्षेप गरे भने पछाडि नहट्ने अडान लिए ।

सन २०२२ फरबरी २१ का दिन रसियाले चालिस करोड जनसङ्ख्या भएको राष्ट्रमाथि जल, थल र आकाश तीनैतिरबाट रसियाले आक्रमण गर्न थाल्यो, किएभस्थित वोरिस्पेल अन्तर्राष्ट्रिय विमानस्थल सहित युक्रेनको सैन्य मुख्यालयमा पहिलो आक्रमण गर्‍यो । रसियन सैनिक पूर्वी लुहान्स नजिकै खार्किभ सहरमा छिमेकी देश बेलारुसबाट प्रवेश गरे भने दक्षिणतर्फ भने क्रिमियाबाट प्रवेश गरेका थिए  ।

Russia launches massive invasion of Ukraine — as it happened | News | DW | 24.02.2022

रुसी गोलाबारीमा कीएभ बाहिर ध्वस्त भएको एक घर, फोटो : डीडब्ल्यू

युक्रेनका राष्ट्रपति ज्यालेनस्कीले आफ्नो देश छाडेर कोही पनि अन्त नजान र  युवायुवती सबैलाई आफ्नो देश जोगाउने समय आएको बताउँदै विश्वका विभिन्न देशले युद्ध रोक्नुपर्छ भन्ने दबाब दिए । तर, सन् २०२२ डिसेम्बर २५ मा रसियाले आफ्नो भिटो पावर प्रयोग गर्‍यो र युक्रेन पछि नहटेसम्म युद्ध नरोकिने चेतावनी दियो ।  त्यसपछि युद्धले झन् उग्र रूप लियो । रसिया र युक्रेनका सेना हजारौँ सङ्ख्यामा  मारिए भने युक्रेनमा रसियाको तुलनामा विशाल जनधनको क्षति हुन पुग्यो ।

रसिया र युक्रेन बिचको द्वन्द्व अझै पनि साम्य हुने देखिएको  छैन । रुसी आक्रमणको सय दिन कटिसकेको छ । यो युद्धले दुई देश बीचमात्र प्रभाव नपारी सारा विश्वमा नै प्रभाव पारेको छ । विश्वका धेरै देशहरू मङ्गगीको कारण देशभित्रको विनिमय दर खस्कँदै गएको र ती राष्ट्रहरू आर्थिक सङ्कटको जोखिम मोलिरहेका छन्, सोमध्ये एक नेपाल पनि हो ।

 युद्ध रोक्नु तत्कालको आवश्यकता हो । हिंसात्मक ढङ्गले विवाद समाप्त हुँदैन, शान्तिपूर्ण ढङ्गबाट विवाद सावधान गर्नु पर्दछ । तत्पश्चात्, राष्ट्रहरूबिच सुमधुर सम्बन्ध स्थापित हुनसक्छ ।

के हो भिटो ?

भिटोको अर्थ ‘म निषेध गर्छु’ भन्ने हो । संयुक्त राष्ट्रसंघको महासभामा अत्यधिक महत्त्वपूर्ण विषयमा छलफल हुँदा सुरक्षा परिषद्का ५ वटा स्थायी सदस्य राष्ट्रहरू रुस, चीन, बेलायत, अमेरिका र फ्रान्सले उपयोग गर्न पाउने अधिकार नै भिटो हो ।

सन् १९५६ मा पहिलोपटक इजिप्टमा एङ्गलो फ्रेन्च सैनिक हटाउने निर्णयमा बेलायतले भिटोको प्रयोग गरेको थियो । सन् १९९२ मा चेकस्लोभाकियामा सैनिक प्रयोग गर्ने विषयलाई लिएर रुसले दोहोरो भिटो प्रयोग गरेको थियो भने अमेरिकाले पहिलो पटक सन् १९७१ मा रेसेडिनियाको प्रश्नमा भिटो प्रयोग गरेको थियो । सन् १९७२ मा बङ्गलादेश विश्व संस्थामा प्रवेश गर्ने विषयमा चीनले भिटो प्रयोग गरेको थियो ।

United Nations Security Council veto power - Wikipedia

United Nations Security Council veto power

सन् १९४५ देखि हालसम्म २४६ पटक भिटो प्रयोग भएको छ । सबैभन्दा बढी १२१ पटक रुसले भिटो प्रयोग गरेको छ । रुसी आक्रमणको गम्भीर निन्दा गरिएको उक्त प्रस्तावको पक्षमा सुरक्षा परिषद्का १५ सदस्य मध्य ११ सदस्यले मतदान गरेका थिए ।  प्रस्ताव पारित हुनका लागि ९ देशले मतदान गरे पुग्छ तर, रुसले प्रस्ताव विफल पारेको हो । युक्रेन विरुद्ध रुसको आक्रमणलाई विरोध गर्दै रुसी सैनिक तुरुन्त फिर्ता लिन माग गरेपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा अन्तिम पटक रुसले सन् २०२२ फेब्रुअरी २५ मा भिटो प्रयोग गरेको हो ।

 के हो नेटो ? 

नेटो उत्तरी एट्लानटिकको सैन्य सङ्गठन हो  । यसको स्थापना सन्  १९४९ अप्रिल ४ मा भएको थियो । अमेरिका, क्यानडा, बेलायत र फ्रान्स  गरी १२ वटा यसका संस्थापक राष्ट्रहरू थिए ।

नेटो बडापत्रको धारा ५ अनुसार कुनै सदस्य राष्ट्र आक्रमण भएमा  बाँकी राष्ट्रले त्यसलाई सहयोग गर्न आउनु पर्ने भन्ने रहेको छ । हालसम्म नेटोको अन्तिम सदस्य राष्ट्र लिथुयानिया (३० औँ) हो । नेटोमा युरोपका २८ राष्ट्र र उत्तर अमेरिकाका २ वटा सदस्य राष्ट्र रहेका छन् । सन् १९५५ सोभियत रुसले पनि पूर्वी युरोपका कम्युनिस्ट देशहरूसँग मिलेर आफ्नो छुट्टै सैन्य गठबन्धन गरेको थियो, जसलाई ‘वार्सा’  भनिन्छ । सन् १९९१ मा वार्साको सदस्य लिएका धेरै देशहरू नेटोमा सामेल भएपछि नेटो झनै शक्तिशाली संगठनको रूपमा उदय भयो ।

नेपालले संयुक्त राष्ट्रसंघको बैठकमा रुस र युक्रेनको विवादको विषयमा युक्रेन पक्षमा मतदान गर्‍यो भने छिमेकी मुलुक भारत तटस्थ बसेको थियो । यसले के दर्साउँछ भने असंलग्न राष्ट्रको सदस्य र पञ्चशीलको  मान्यतालाई अवलम्बन गर्ने हाम्रो जस्तो सानो राष्ट्रले पनि तटस्थ रहनुपर्ने थियो ।

पञ्चशीलको सिद्धान्तअन्तर्गत: एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, अनाक्रमण, समानता र पारस्परिक हित काम गर्ने, शान्तिपूर्ण सहभागिता जस्ता सिद्धान्त रहेका छन् । रसियासँग नेपालको कूटनीतिक सम्बन्ध सन्  १९५६  जुलाई २० मा भएको हो  ।  त्यसैगरी, युक्रेनसँग सन् १९९१ जनवरी १५ मा नेपालको कूटनीतिक सम्बन्ध स्थापित भएको थियो ।

नेपालको आर्थिक विकासमा रुसको ठुलो सहयोग रहेको छ । नेपाल र रुसबिच ज्वाईन्ट भेन्चरमा २० वटा उद्योग सञ्चालन रहेका छन्।  औद्योगिक र इन्जिनियरिङ क्षेत्रमा ठुलो सङ्ख्यामा प्रशिक्षित भएको अवस्था छ । जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, ढल्केवर पथलैया सडक खण्ड, काभ्रे-पनोैती जलविद्युत् आयोजना र कान्ति बाल अस्पताल रुसको सहयोगमा निर्माण भएको हो ।

सम्बन्धित समाचार