रुकुम पूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या भएको छ । प्रहरीका अनुसार एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको पुथाउत्तरगंगा गाउँपालिकामा हत्या भएको हो ।
काठमाडौं । रुकुम पूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या भएको छ । प्रहरीका अनुसार एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको पुथाउत्तरगंगा गाउँपालिकामा हत्या भएको हो ।
माओवादी कार्यकर्ताले गत वैशाख १९ गते एमाले र काँग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेका थिए । जहाँ दुवै पक्षका कार्यकर्ता घाइते भएका थिए । जुनमाया घरदैलो कार्यक्रमबाट हराएकी थिइन् । उनी अपहरणमा परेको भन्दै उनको खोजी कार्य भइरहेको थियो । सोहिक्रममा मङ्गलवार घरनजिकै उनको शव फेला परेको थियो ।
अहिले शवलाई पोस्टमार्टमको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लागिएको छ । माओवादीका स्थानीय तीन नेतालाई घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरिएको छ । कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, अर्जुनकुमार बुढा पक्राउ परेका हुन् ।