काठमाडौं । पत्रकार ऋषि धमलाले पत्रकार आचारसंहिता सम्बन्धी कक्षा लिएका छन् । जहाजभित्रबाट टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरेर विवादमा आएका पत्रकार ऋषि धमलाले शुक्रबार प्रेस काउन्सिल पुगेर पत्रकार आचारसंहिताको कक्षा लिएका हुन् ।
धमलाले प्रधानमन्त्री चढेको जहाजभित्र कर्मचारीहरुसँग हुलहुज्जत गरेका थिए । यस विषयमा काउन्सिलले धमलालाई स्पष्टीकरण सोधेको थियो । धमलाले दिएको जवाफपछि काउन्सिलले उनलाई एकदिनको अभिमुखीकरण कक्षामा सहभागी गराउने तथा आइन्दा आचारसंहिताविपरीतका हर्कत नदोहोर्याउन सचेत गराउने निर्णय गरेको थियो ।
पहिलो निर्णयअनुसार शुक्रबार धमलालाई अभिमुखीकरण कक्षामा सहभागी गराइएको हो । उक्त कक्षामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्वअध्यक्ष गोपाल बुढाथोकी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्षहरु तारानाथ दाहाललगायतले पत्रकार आचारसंहिताबारे धमलालाई पढाएका थिए ।