बिहिबार , मंग्सिर ६, २०८१

बजारमा किनेको कालो घोडा घर आउँदा भयो रातो !

image

Photo by: besthorserider

जनतासँग ठगीका घटना दिनहुँ सार्वजनिक भइरहेका छन् ।

यतिबेला भारत पञ्जाबबाट यस्तो ठगीको घटना बाहिर आएको छ, जसको बारेमा थाहा पाउँदा तपाईंको होस् उड्ने छ ।

यो एक लाख वा दुई लाख ठगीको घटना होइन, २३ लाख ठगीको घटना हो । जबकि अर्को घटनामा व्यक्तिसँग ३७ लाख ४१ हजार रूपैयाँ ठगी भएको छ ।

यी दुवै पञ्जाबकै हो । यी दुवै ठगीका घटना घोडा कारोबारसँग सम्बन्धित छन् ।

पीडित रमेशकुमार प्रहरी चौकी सुनमको वडा नम्बर १४ मोहल्ला हरचरणनगर लेहरागागाका बासिन्दा हुन् । सुन्दर सिटी सुनमका जतिन्द्रपाल सिंह सेखोन, सिंहपुरा सुनमका लखविन्दर सिंह र लेहल कलानका लछरा खाना उर्फ ​​गोगा खानले रमेश कुमारलाई ठगी गरेको प्रहरीले  जनाएको छ ।

तीनै जनाले कालो रंगको घोडा रमेशलाई बेचेका थिए तर घर गएर नुहाउँदा घोडा रातो भयो ।

कालो घोडाका लागि आरोपितलाई २२ लाख ६५ हजार रुपैयाँ दिएको पीडित रमेश बताउँछन् । उनले ७ लाख ६५ हजार नगद र अन्य रकम चेकमार्फत दिएका थिए । यो घोडाको डिल लछरा खानले गरेको उनले बताए । यस मामिलामा प्रहरीले आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ।

दोस्रो घटना मोगा वडा नम्बर २७ का वासु शर्मासँग ठगीको घटना हो । उनले स्टड फार्मका लागि घोडाहरू किन्छन् र बेच्छन् । दलाल विक्की र बग्गाको निर्देशनमा उनले ३७ लाख ४१ हजारमा मारवाडी घोडा र नुक्रा घोडा किनेका थिए ।

सुखचैन सिंहलाई नगद ९ लाख र फरमान सिंहलाई १५ लाख रुपैयाँ अग्रिम दिएको वासु शर्माले बताए । त्यसपछि बाँकी रकम पनि दिए । अभियुक्तले देखाएको घोडा दिएनन् । उनीहरुले मिलेर खराब गुणस्तरका घोडा बेचेर वासुलाई लाखौं रूपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार