२०/३० सेकेन्डसम्म माइक्रो वेब गरेको मनतातो ब्राउनीको आनन्द कसैले त्यसै, कसैले आइसक्रिमसँग, कसैले कफीसँग लिने गरेका छन् । मुखमा राख्दा पग्लिने स्वादिष्ट ब्राउनीको हबले कफी संस्कृति र बेकरी संस्कृतिको राम्रो विकास भइरहेको पाएको छ ।
चकलेट ब्राउनीलाई हातले खाने खानेकुरा (फिङ्गर फुड) अन्तर्गत राखिएकाले केकको दर्जामा नराखेर कुकिजको दर्जामा राखिएको छ ।
ब्राउनीको ढाँचा सर्वप्रथम १८९३ मा बनेको बताइन्छ । सिकागोको एक प्रख्यात समाजवादी ‘बर्था पाल्मर’, जसको श्रीमान् पाल्मर हाउस होटेलको मालिक थिए, उनले एक कार्यक्रमका लागि आफ्नो पेस्ट्री सेफलाई लन्च बक्समा अटाउने केक जस्तै केही बनाउन भनेकी थिइन् । जसको जवाफमा ओखर भएको ब्राउनी तयार भयो । ब्राउनीलाई डिजर्ट बताइएता पनि त्यतीबेलाको कुनै पनि कुक बुकमा यसको बारेमा लेखिएको पाइँदैन ।
पहिलो पटक ‘ब्राउनी’ शब्द सन् १८९६ मा फेन्नी फार्मरको बस्टन कुकिङ-स्कुलको कुक बुकमा देखिएको थियो । त्यसपछि १८९९ मा रेसिपी सहित ब्राउनी माकियास कुक बुकमा छापिएको थियो । अहिलेको समयसम्म आइपुग्दा ब्राउनी एक लोकप्रिय परिकार बनिसकेको छ । चिल्लो चकलेटी छाला भएको फजी पेस्ट्रीलाई ब्राउनी भनेर चिनिन्छ, जसमा कतै ओखर पनि राख्ने गरिन्छ ।
विश्व प्रख्यात ब्राउनी काठमाडौँ, भक्तपुर तथा ललितपुर उपत्यकामा पनि त्यतिकै रुचाइन्छ । धेरै थरिका बेकरीबाट विभिन्न आकार-प्रकार र स्वादका ब्राउनी उत्पादन हुन्छन् । तिनै ठाउँमध्ये एक विशेष ठाउँ हो, कौशलटारमा रहेको ‘रिडर्स हब एण्ड क्याफे’, जहाँ स्वादिलो ब्राउनीसँग कफी पिउँदै पुस्तक पढ्न सकिन्छ ।
करिब ६० व्यक्तिको क्षमता भएको रिडर्स हबमा ३०/३५ व्यक्ति क्षमता भएको मिटिङ हल समेत रहेको छ । मिटिङ हल विभिन्न किसिमका अन्तरक्रिया कार्यक्रम, पुस्तक चर्चा तथा पठन संस्कृतिको विकासमा सहयोग गरिरहेको बुकाहोलिक्सको चकटी बहस हुने गरेको छ । साथै, महफिल काव्य उपासना, सिर्जना र अनुभूति लगायतका सेमिनारहरु पनि सो मिटिङ हलमा हुने गरेको छ ।
रिडर्स हबका सञ्चालक अनुप आचार्य १०/१२ वर्ष अघि राम्रो बुक नामक अनलाइन बुक सप चलाउथे । त्यतीबेलाको समय भर्खरै प्रविधिमय भइरहेको थियो । अनलाइन पसलहरु खुल्न थालेका थिए । व्यापार पनि सन्तोषजनक नै भइरहेको थियो । तर, उनको आखाँमा अरु नै सपनाहरुको बास हुन थालेको थियो । सोहि अनलाइन बुकसप चलाउने क्रममा पुस्तक र कफीलाई सँगै राख्ने सपना उनले बुनेका थिए ।
यद्यपी उनी अरुलाई रोजगारीको व्यवस्था गर्ने उद्देश्यले राम्रो जब डट कमको सञ्चालन् गर्न थाले र केहि वर्ष त्यतै भुले । तर, हरेक दिन उनलाई आफ्नो सपनाले पोल्दै जान गयो । एकदिन राम्रो जब चलाउँदा-चलाउँदै उनले आफ्नो सपना पुरा गर्ने निर्णय लिए । र, करिब २५ लाखको लगानीमा उनको आफ्नै जग्गामा खडा भयो उनको सपनाको आंशिक स्वरूप ‘रिडर्स हब एण्ड क्याफे’ ।
‘रिडर्स हब एण्ड क्याफे’ त्यसै खडा भने भएको होइन । सञ्चालक आचार्यको हातमा-हात मिलाएर उनको सपनालाई सार्थक बनाउने उनकी पत्नी बन्दना अर्यालको पनि त्यती नै योगदान रहेको छ । आचार्यको सपनालाई संरचनागत स्वरूप पनि पत्नी बन्दना अर्यालले दिएकी हुन् । क्याफेको व्यवस्थापन लगायतका समपूर्ण जिम्मेवारी बन्दना अर्यालकै निर्देशनमा भएको हो/ हुने गरेको छ । महिला उद्यमशीलताको ज्वलन्त उदाहरण बन्दना अर्यालको क्याफेमा अधिकांश कर्मचारीहरु पनि महिला नै रहेका छन् ।
एपेक्स कलेजबाट सँगै एमबिए गरेका सञ्चालक जोडीले विशेष आथित्यद्वारा पाहुनालाई आनन्दित महसुस गराउछन् । जसले गर्दा क्याफेमा एकपटक भ्रमण गर्ने पाहुना फर्कि-फर्कि त्यहाँ पुग्ने गर्छन् ।
पुस्तकको बगैँचा र कफी राख्ने आफ्नो सपना पूर्ण रूपमा साकार पार्न सम्भव नभएता पनि सन्तोषजनक रिडर्स हब सञ्चालन गरेर आचार्य खुसी छन् ।
‘सपना त देख्नेहरूकै पुरा हुन्छ’ भने झैँ उल्लेखनीय व्यापार हुने ठाउँ नभएकाले आफ्नै खल्तीबाट भएपनि चलाउँछु भन्ने आँटले नै ‘रिडर्स हब एण्ड क्याफे’को जन्म भएको उनी बताउँछन् । सञ्चालक आचार्य क्याफेको जन्मको सम्पूर्ण श्रेय सञ्चालिका बन्दना अर्याल दिन्छन् । उनी भन्छन् ” मेरो त एउटा सोच थियो तर त्यसलाई यथार्थ बन्दनाले बनाएकी हुन् ।”
पुस्तकलाई साथी मान्नेहरू, पढ्ने बानी भएका ग्राहकहरू आफ्नो क्याफेमा आएर सन्तुष्ट भएकोमा उनी मक्ख छन् । एक वर्षको अन्तरालमा आफ्नो सपनाको तेस्रो हाँगा पलाएकोमा उनी आनन्दित छन् । ‘रिडर्स हब एण्ड क्याफे’को दोस्रो शाखा धापासी टोखा रोडमा रहेको र तेस्रो शाखामा वार्षिकोत्सव मनाउने योजना रहेको उनले बताए ।
क्याफेमा विद्यार्थी, युवा तथा प्राज्ञिक व्यक्तिहरूको राम्रो आउजाउ रहेको छ । आफ्नो क्याफे विशेषतः कफी र पुस्तकमा आधारित रहेकाले धेरै खानाका परिकारमा ध्यान नदिएको उनी बताउँछन् । खानामा प्लेट तथा चम्चाहरू बढी प्रयोग हुने भएकाले त्यसको आवाजले पठनका लागि आएका ग्राहकहरूलाई बाधा पुग्ने हुँदा पनि धेरै खानामा ध्यान नदिएको उनले बताए । शान्त वातावरणमा कफी पिउने र पढ्ने नै क्याफेको मुख्य उद्देश्य भएकाले त्यसमा बढी ध्यान दिएको सञ्चालकले बुझाए ।
चकलेट ब्राउनी खान जाऊ
ओखर, चकलेट, दूध, मोक्का आदि मिलाएर १८० डिग्रीको तापक्रममा २०/२५ मिनेट पकाएपछि तयार हुन्छ, रिडर्स हबको विशेष ब्राउनी, जसलाई खानको लागि तपाईंलाई निम्तो आइसकेको छ ।
बेकरीका अन्य कुराहरू पनि बेच्ने उद्देश्य लिएको क्याफेले सोचे बमोजिम व्यापार गर्न नसकेपछि अन्य वस्तु हटाएको छ । तर, ग्राहकको निकै राम्रो प्रतिक्रियाका कारण ब्राउनी भने पुस्तक र कफी पछिको क्याफेको अर्को आकर्षण बन्न पुग्यो र यथावत् रह्यो । क्याफेमा ब्राउनीकै लागि मात्र भनेर पनि ग्राहकहरू आउने गरेका छन् । करिब ७५ ग्रामको वालनट ब्राउनी धेरै मान्छेसम्म पुगोस् भन्ने उद्देश्यले त्यति मार्जिन नराखिएको पनि सञ्चालक आचार्यले बताए ।
२०/३० सेकेन्डसम्म माइक्रो वेब गरेको मनतातो ब्राउनीको आनन्द कसैले त्यसै, कसैले आइसक्रिमसँग, कसैले कफीसँग लिने गरेका छन् । मुखमा राख्दा पग्लिने स्वादिष्ट ब्राउनीको हबले कफी संस्कृति र बेकरी संस्कृतिको राम्रो विकास भइरहेको पाएको छ ।
प्रत्येक आउटलेटली ५ जनासम्मलाई रोजगारी दिएको ‘रिडर्स हब एण्ड क्याफे’को ब्राउनी उपत्यकामा चाख्नै पर्ने वस्तुमध्ये एक हो । अझ केही पग्लिएको ब्राउनीमाथी भेनिला आइसक्रिम राखेर खाने हो भने त रिडर्स हब पुगिरहन मन लाग्छ ।