बिहिबार , कार्तिक २९, २०८१

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार: आरोपित पक्राउ

image

काठमाडौं । किशोरी बलात्कार गरेको आरोपमा एक सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डे पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुवरले पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई स्वयम्भुबाट पक्राउ गरिएको हो ।

आठ वर्ष पहिले एउटा सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको दाबी गर्दै एक किशोरीले भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन् ।

सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा आफूमाथि यौन हिंसा भएको भन्दै सामाजिक सञ्जाल टिकटकमा एक किशोरीले २० वटा भिडियो सार्वजनिक गरेकी थिइन् । उनले कार्यक्रममा आयोजकमध्येका १ जनाले आफूलाई जबरजस्ती करणी समेत गरेको आरोप लगाएकी थिइन् ।

कार्यक्रम सकिएपछि एभरेष्ट होटलमा पार्टी आयोजना गर्ने भन्दै बोलाएर आफूमाथि हिंसा भएको उनको दाबी छ । उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि मिडियासम्ममा सौन्दर्य प्रतियोगितामा भएको भनिएको हिंसाको घटनाबारे चर्चा भइरहेको छ ।

बलात्कारको घटनामा उजुरी गर्ने समय (हदम्याद) १ वर्ष मात्रै भएको र ८ वर्ष पूरानो घटना भएकाले कानुनी उपचारका लागि बाधक भएको भन्दै युवाहरुले हदम्याद हटाउन माग गर्दै प्रर्दशन गरिहेका छन् । उनीहरुले शनिबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

सम्बन्धित समाचार