बुधबार , अषोज २, २०८१

मान्छेपिच्छे मृत्यु पनि फरक पर्दो रैछ

image

प्रदीप गिरीको जन्म सिरहाको बस्तीपुरमा भएको थियो । उनको पारिवारिक अवस्था हेर्दा उनी राजनीतिक परिवारबाट आएका हुन् । उनका बुबा मित्रलाल गिरी नेपाली कांग्रेसका तात्कालिन नेता थिए । बुवाको राजनीतिक जिम्मेवारीले गर्दा उनले पनि सानै उमेरदेखि राजनीतिमा संलग्न भए । प्रदीप गिरीका काका तुलसी हुन् । उनी पनि नेपाली राजनीतिभित्रका प्रमुख पात्र हुन/ थिए ।उनी त्यो समय नेपाली कांग्रेसमा थिए ।

पछि पञ्चायत व्यवस्थातिर छिरे र नेपालको प्रधानमन्त्री बने । प्रदीप गिरिले वि स २०१७ सालदेखि सक्रिय राजनीति यात्रा प्रारम्भ गरे । उनले राजनीतिक यात्राभित्रका सयौं आरोह अवरोह पार गर्दै वि स २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष भएका थिए । छात्र संघको जिम्मेवारी मै हुँदा वि स २०२५ सालमा १८ महिना र वि स २०४२ सालमा झण्डै एक वर्ष गरी चार वर्ष जेल जीवन बिताउनु पर्यो ।

त्यसपछि उनले नेपाली कांग्रेस पाटीको राजनीतिक यात्रातिर लागे । बहुदल,प्रजातान्त्रिक व्यवस्थाका पक्षधर गिरीले वि स २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट पहिलोपटक निर्वाचित भए । वि स २०५६ को व्यवस्थापिका संसदमा उनले नेपाली काङ्ग्रेस, प्रजातान्त्रिकका( नेपाली कांग्रेस फुटेको अवस्थामा देउवा पक्ष ) तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए । गिरि अध्ययन र विश्लेषणमा विशेष रुचि राख्थे ।

सभासद गिरीले पहिलो र दोस्रो संविधानसभामा उठाएका दुई प्रमुख मुद्दा थिए । ― क. राज्यको पुनःसंरचना, ख. सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने । प्रदीप गिरी स्थानीय तहमा जति चर्चित छन् त्यतिकै चर्चा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि थियोे र छ । मधेसमा बसोबास गर्ने भएकै कारण मधेसका मुद्दालाई उनले गहिराइबाट बुझेका थिए ।

त्यसैले मधेस आन्दोलनको समयमा उनको भूमिका मधेसका आन्दोलनकारी र जनताको पक्षमा थियो । उनले नेपालको संविधान २०७२ अपूर्ण रहेको र सबै नागरिकको माग पूरा नगरेको भन्दै संविधानमा हस्ताक्षर गरेनन् । त्यो बेला गिरीले भनेको कुरा यस्तो थियो, – “मैले मधेसी जनताको मागलाई बेवास्ता गरेर पारित भएको संविधानमा हस्ताक्षर नगरेको सत्य हो। मधेसीको माग उठाएर संसद बहिष्कार गरेको हो ।त्यो कुरा मधेसी जनताले बुझेका छन् ।”

गिरी वि स २०१७ को नेपालको आम चुनावमा उनी सिरहा १ निर्वाचन क्षेत्रबाट २३९५१ ( ३९.८२ प्रतिशत )मत ल्याएर निर्वाचित भएका थिए । भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्थे । उनी भारतका संविधान निर्माता बीआर अम्बेडकरका कार्यहरूबाट निकै प्रभावित थिए । घाँटीको केन्सरबाट पिडित गिरी साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना थिए । गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनलाई आइसियूमा राखिएको थियोे ।

समाजवादी विचारका पक्षधर, गान्धीवादी विचारक, प्रजातान्त्रिक आन्दोलनका योद्धा,समाजवाद र माक्र्सवादका चिन्तक र कांग्रेसको राजनीति सँग आवद्ध भएर पनि स्वतन्त्र विचार राख्ने गर्थे । नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अब भौतिक रूपमा भेट्न सकिन्न । फेरि एक पटक राज्यले एउटा निरन्तर अध्ययन, चिन्तन र बहसमा निरन्तर समर्पित अध्ययतालाई गुमाएको छ ।यो ठूलो क्षति हो । नेपालका राष्ट्रिय अखवारमा विसौं वर्षदेखि निरन्तर लेखी रहने, चिन्तन, विश्लेषण र वहसमा प्रखर व्यक्ति प्रदीप गिरिको अब हाम्रो साथमा रहेनन् ।

उनको भौतिक शरीर नरहे पनि उनका विचार, विश्लेषण र बहसलाई लिपिबद्ध गर्दै,नयाँ आयाम थप्न र बहस ल्याउन अति जरूरी छ । यसले चिन्तन, चेतना र विश्लेषणात्मक चेतलाई जीवित राख्न सहयोग गर्दछ । समाजवादी चिन्तक,माक्र्सवादका विश्लेषक तथा अध्येता गिरीप्रति भावपुर्ण श्रद्धाञ्जली परिवारप्रति गहिरो शोक तथा समवेदना !!!

सम्बन्धित समाचार