शुक्रबार , अषोज ४, २०८१

सार्वजनिक शौचालय सञ्चालन गर्न महानगरसँग ३३ संघसंस्थाले गरे सम्झौता

image

काठमाडौं । आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ वटा संघ संस्थासँग काठमाडौं महानगरपालिकाले सम्झौता गरेको छ ।

बैङ्क, रेस्टुरेन्ट, स्कुल, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सोमबार सम्झौता भएको हो । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका छन् ।

नविल बैङ्कसँग यस अघि नै सम्झौता भइसकेको छ । सम्झौता आउँदो ५ बर्षका लागि हो । यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् ।

यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन् ।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १र१ जना प्रतिनिधि तोक्नेछ । उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् ।

सम्झौता गरिएका संघ संस्थाहरू

 १)    टायम्स स्क्वायर, लज एण्ड बार, बालुवाटार
२)    पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
३)    डेन्टल भिल्ला, वडा नं. १४, बल्खु
४)    देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत
क)    पिजा हट, वडा नं. १ दरबारमार्ग
ख)    केएफसी,  वडा नं. १ दरबारमार्ग
ग)    केएफसी,  वडा नं. ६ बौद्ध
५)    डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर
६)    होटल रत्नज्योती, पेरिसडाँडा
७)    नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल
८)    खानेकुरा प्रा. लि., गौशाला
९)    सांग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
१०)    बेबिलोन नेशनल स्कूल, शान्तिनगर
११)    ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
१२)    नेपालय पब्लिकेसन, डिल्लीबजार
१३)    बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
१४)    गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
१५)    घराना लञ्च एण्ड बार, बानेश्वर
१६)    कामना सेवा विकास बैंक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,
१७)    सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
१८)    नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक
१९)    आरडीएक्स बार प्रा. लि. ठमेल
२०)    नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट
२१)    कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार
२२)    बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल
२२)    नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी
२३)    सांग्रिला डिपलपमेन्ट बैंक, बालुवाटार
२४)    बिन्का लङ्, छाउनी
२५)    प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध
२६)    मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलंकी
२७)    क्रिम्पजी एडभान्चर हव, बौद्ध
२८)    बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार
२९)    अनुपम फुडल्याण्ड, बत्तीसपुतली
३०)    रिट्रिप क्याफे, बौद्ध
३१)    चिकेन स्टेशन
३२)    स्तुपा हब, बौद्ध
३३)    नवील बैंक

सम्बन्धित समाचार