पोर्चुगलीहरुले रोटीलाई pão भन्ने गर्दछ । सन १४९८ को २० मईमा पहिलो पटक पोर्चुगली नाविक भास्को डि गामाको पानीजहाज भारतीय उपमहाद्वीपको कालीकट (केरला) पुग्यो ।
पाउरोटी अचेल पनि बिक्री हुन्छ । स्वादमा पनि धेरै किसिमका पाउरोटी पाउन थालेका छन् । तर उ बेलाको सम्झना सधैँ रहिरहन्छ ।
पाउरोटीको कथा भने निक रोचक छ । हामी बच्चा हुँदा हामीलाई खुट्टाले पिठो गुँथेर बनाउने रोटी भएको हुँदा यसको नाम पाउरोटी भएको हो, त्यसैले खानु हुँदैन भनिन्थ्यो । हाम्रै घर अगाडि मिलन पाउरोटी उद्योग खुलेपछि हामीले देख्यौं, खु’ट्टाले पिठो गुँथ्ने गर्दैनन्’ भन्ने थाहा पाएपछि पाउरोटी निकै खान थाल्यौं ।
पाउरोटीको नाम रहनुको कारण भने पोर्चुगली भाषाको “पाव (pão)”बाट भएको हो । पोर्चुगलीहरुले रोटीलाई pão भन्ने गर्दछ । सन १४९८ को २० मईमा पहिलो पटक पोर्चुगली नाविक भास्को डि गामाको पानीजहाज भारतीय उपमहाद्वीपको कालीकट (केरला) पुग्यो । उनले भारतीय भूमीमा व्यापारिक सम्भावनाहरू देखे । उनी पोर्चुगल फर्केपछि पोर्चुगलीहरु भारत आउन थाले । उनिहरु मुख्यतया: गोवामा रहन थाले । पोर्चुगल सरकारले भारतको पश्चिम भागतर्फ आफ्नो उपनिवेशी राज्य नै बनाए । भारतका मरमसलाहरू यूरोप लगेर बेच्न थाले । यहीँ देखेर पछि ईष्ट इण्डिया कम्पनीले पनि भारतीय उपमहाद्वीप प्रवेश गरेको थियो ।
यहीँ पोर्चुगलीले खाने pão मा भारतीयले रोटी शब्द जोडेर पावरोटी भन्न थाले । नेपालमा भने ‘पाउरोटी’ नामाकरण भयो । जंगबहादुरको समयमा गजराज राजकणिर्कारको मिठाइँ दुकान थियो । राजकणिर्कारका रुपमा चिरपरिचित हलवाईहरूलाई भने मल्लकालमा मिठाइहरू बनाउनका लागि नै नेपाल भित्राइएको भनिन्छ । गजराजको मिठाई दुकान राणाहरुका दरबारमा मिठाइ पठाउने काम गर्दथ्यो । उनका नाति कृष्णबहादुर विभिन्न कारणले भारत पलायन भए । उनले त्यहीँ पाउरोटी बनाउन सिके ।
२००५ सालमा नेपाल फर्केपछि उनै कृष्णबहादुरले कृष्ण पाउरोटी उद्योग खोले । यहीँबाट नेपालमा पनि पाउरोटी उद्योगको शुरुवात भयो । पछि विभिन्न नाममा काठमाडौंमा पाउरोटी उद्योगहरू खुले ।
ब्यानरमा प्रयोग गरिएको तस्बीरमा कृष्ण पाउरोटीको साथमा तेज पाउरोटी र अशोक विणायक पाउरोटी बेच्न साइकल देखिन्छ । अचेल तेज र अशोक विणायक पाउरोटी काठमाडौमा भए जस्तो लाग्दैन । धेरै अगाडी मैले पन्ना पाउरोटी पनि निकै देख्थें । साथै, अन्नपूर्ण पाउरोटी पनि पाइन्थ्यो । तर अचेल यि पाउरोटी पाइन्छन कि पाइदैनन् थाहा भएन ।
पोखरामा भने पहिलो कमल पाउरोटी उद्योग खुलेको थियो । काठमाडौं इन्द्रचोक निवासी खजाञ्ची बद्रीलाल श्रेष्ठले शुरु गर्नुभएको थियो । वहाँ नेपाल बैंकमा खजाञ्चीको जागिर सिलसिलामा पोखरा आउनु भएको थियो । पोखरामा नै रहँदा २०२७-२८ सालतिर पाउरोटी उद्योग खोल्नुभएको थियो । सो उद्योग ३ वर्ष जति सञ्चालनमा रह्यो ।