शनिबार , अषोज ५, २०८१

प्रचण्डको प्रतिवेदन: ‘कांग्रेस गठबन्धनप्रति इमान्दार देखिएन’ (पूर्ण पाठसहित)

image

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक एजेन्डाहरू पेस गरेका थिए ।

बैठकका एजेन्डामा सहिदप्रति श्रद्धाञ्जली, केन्द्रीय सदस्यको शपथ, बैठक सञ्चालनको प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशको रिपोर्टिङ अध्यक्षहरूले गर्ने, अध्यक्षको रिपोर्टिङ, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी गठन, कार्यविभाजन र संरचना, स्थानीय तह चुनावको समीक्षा, आगामी निर्वाचन र विविध विषयमा छलफल गर्ने विषय छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय चुनावी गठबन्धनप्रति नेपाली कांग्रेसको पूरै पङ्क्ति इमानदार र गम्भीर नपाइएको बताएका छन् ।

बैठकमा ‘सङ्क्षिप्त राजनीतिक प्रतिवेदन’ पेश गर्दै अध्यक्ष दाहालले स्थानीय चुनावमा कांग्रेस गठबन्धनप्रति इमानदार नभएको आरोप लगाएका हुन् । १० पृष्ठ लामो प्रतिवेदनको ‘गठबन्धनको समीक्षा र शिक्षा’ सम्बन्धी बुँदामा दाहालले भनेका छन्, ‘सरकारमा सहभागी दलहरूबीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा जुन स्तरको समझदारी र आवश्यकताको महसूस थियो, त्यही स्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन। खास गरी नेपाली कांग्रेसको पूरै पङ्क्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन ।’

कांग्रेसले कतिपय जिल्लामा एमालेसँग मिलेर माओवादीलाई कमजोर पार्न खोजेको दाहालले उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलहरूको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरू बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेस नेताहरूबाटै बागी उम्मेदवार खडा गर्ने जस्तो अघोषित नीति अपनाएको देखिन्छ,’ दाहालको प्रतिवेदनमा भनिएको छ ।

पूर्ण पाठ:

 

 

सम्बन्धित समाचार