बुधबार , कार्तिक २८, २०८१

प्रचण्ड भन्छन्- महंगी बढ्दै गए भान्साबाटै विद्रोह हुने हो कि ?

image

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर घटाएर वा हटाएर भए पनि बढ्दो पेट्रोलियमको मूल्य समायोजन गर्नुपर्ने बताएका छन् ।

शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा उनले बढ्दो महंगीले जनताको ढाड सेकेको बताएब।

विभिन्न कारणले देशको आर्थिक अवस्था सहज परिस्थितिमा नभएको बताउँदै यसको सामना कुनै एउटा राजनीतिक दलले मात्रै गर्न नसक्ने उनले बताएब।

‘यसको सामना एउटा राजनीतिक दल विशेषले र सरकारले मात्रै पनि गर्न सक्दैन । तर मुख्य दायित्व सरकारकै रहन्छब। साँच्चै महंगीको मारले नेपाली जनताको ढाड सेकिएकै छ,’ उनले भने ।

यसरी नै महंगी बढ्दै गए भान्साबाटै विद्रोह हुने हो कि भन्ने पनि परिस्थिति बनेको उनले बताए ।

‘प्रत्येक भान्साबाट विद्रोह हुने हो कि भनेजस्तो परिस्थिति बन्दैछ । दिनप्रति दिन बढेको महंगीका कारण जनता आजित हुने परिस्थिति बनेको छ । यसको सामना हामीले गर्नुछ,’ उनले भने,‘पेट्रोलियम पदार्थमा जुन कर लगाउने गरिएको छ । त्यो कर घटाएर, हटाएर जसरी हुन्छ भए पनि जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् ।’

आफूले यसबारेमा प्रधानमन्त्रीसँग पनि कुरा राखेको उनले बताए ।

‘प्रधानमन्त्रीलाई अस्तिमात्रै भनेको छु । कर घटाएर भए पनि मूल्यवृद्धि रोक्न पर्‍यो । हामीले यसलाई गम्भीर रूपले लिन सकेनौं भने जनतामा असन्तुष्टि र आक्रोश झन् बढ्छ र त्यसले संकट झन् गम्भीर हुने खतरा छ,’ उनले थपे ।

सम्बन्धित समाचार