पोखरा । पोखरा महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका बागी उम्मेदवार विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएका छन् ।
उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनलाई सघाउने निर्णय लिएको बताएका हुन् । विज्ञप्तिमा उनले साथीभाइको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको बताएका छन् ।
पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन् ।