नीय परिवेशले पनि पिङको नामकरणमा प्रभाव पारेको देखिन्छ । नेपालको बैतडी, डोटी र कैलालीतिर पिङलाई 'लठे' भनिन्छ । यसलाई मनाङतिर 'काँकर' भनिन्छ ।
हावाले आफ्नो वेगसंगै दशैं आयो भन्नी सङ्केत दिइसकेको छ । नेपालीहरुको महान् चाड बडादशैंको रमझम चलिरहेको छ । वातावरण विस्तारै दशैंको माहोलमा पुलकित हुँदैछ । दशैंको रमझम शुरू भएसंगै गाउँघरमा पिङ हाल्ने कुरा चलिरहेको छ । तर, पिङ हाल्ने कुरा पहिलेभन्दा निकै कम भएको छ । केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । पिङ खेल्ने परम्परा आंशिक रूपमा ओझेलमा पर्दै गएको अनुभव गर्न सकिन्छ ।
पिङलाई नेपाली बृहत् शब्दकोषमा- ‘रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन’ भनेर लेखिएको छ । दशैंमा पिङ खेल्नैपर्ने परम्परा ठ्याक्कै कहिले, कहाँ र कसरी शुरू भयो भन्ने कुराको एकिन गर्न नसकिएतापनि यसको इतिहास निकै लामो छ । जबदेखि दशैं मनाइयो, पिङ खेल्न परम्परा नि उही बेलादेखि नै शुरू गरिएको हो भनेर धेरैले भनेका छन् । नेपालका गाउँघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहेको छ ।
नेपाली समाजमा पिङ र परम्परा अन्तरसम्बन्धित छन् । विशेषगरी दशैंको बेलामा पिङको छुट्टै महत्त्व रहेको हुन्छ । नेपालीहरूले प्रायः पिङ दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । दशैं तिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिंगेपिङ मुख्य आकर्षण हुन्छन् । बिस्तारै मनोरञ्जनका अन्य साधन (मोबाइल, ल्यापटप, टिभी, चङ्गा ) जस्ता नयाँ प्रविधिको सामानहरू गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुँदै गइको हो । लोप हुँदै गएपनि नेपाली परिवेशमा परम्परागत चलनलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरूको समूहहरू बनाएर पिङ हाल्ने गरिन्छ । पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।
पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ । युवाहरूले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका छन् । संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्छ । नयाँ पुस्ताले जाँतेपिङ र रोटेपिङको नामसम्म सुन्न पाएको छैन ।
चारवटा बाँसको लिङ्गो गाडेर बाबियोको डोरी झुन्ड्याएर बनाइएको पिङ नै लिंगेपिङ हो । बाँस सर्वत्र पाइने भएकाले पनि गाउँघर तथा सहरबजारतिर पनि बाँस गाडेर हालेको पिङ देख्न सकिन्छ । लिङ्गेपिङ जस्तै अर्को लोकप्रिय पिङ हो— रोटेपिङ । यसमा ४, ८, १२, १६, २४ वटा पिर्का राखेर बनाइएको हुन्छ, जसलाई रोटेपिङ भनिन्छ । जाँतेपिङमा दुईजना बसेर मच्चिन सकिन्छ । काठको मियोको माथिल्लो भागबाट काठ तेर्सायर दुवै भागमा एक–एकजना बस्न मिल्ने गरी यसको निर्माण गरिएको हुन्छ । जाँतो जसरी घुम्ने यो पिङ मच्चाउन एकजनाको सहयोग चाहिन्छ ।
शारीरिक व्यायामको दृष्टीले पिङ कति उपयोगी छ, त्यो अनुभवबाटै थाहा हुने कुरा हो । मज्जाले पिङ खेलेको भेलिपल्ट हात–खुट्टा र जीउका मांसपेशीमा एक प्रकारको पीडा र आनन्द अनुभव नर्गने कमै होलान । मानसिक दृष्टीले पिङ खेल्दा प्राप्त हुने आनन्द बेग्लै हुन्छ । आफ्नै गाउँ आफ्नै परिवार र आफ्नै परिवेशमा पिङ खेल्ने अवसर नगुमाऔ ।
स्थानीय परिवेशले पनि पिङको नामकरणमा प्रभाव पारेको देखिन्छ । नेपालको बैतडी, डोटी र कैलालीतिर पिङलाई ‘लठे’ भनिन्छ । यसलाई मनाङतिर ‘काँकर’ भनिन्छ । पिङ हाल्ने, खेल्ने र मनोरञ्जन गरी आपसी सद्भाव साट्ने पर्वका रूपमा हिन्दू धर्मावलम्बीले दशैंलाई लिन्छन् । सबै धर्मावलम्बीले पिङ खेलेर मनोरञ्जन लिने गरेको पाइन्छ । तर आजकाल यसको प्रचलन हटेको देख्दा भने दुख लाग्दछ ।