सालकलाई तराईमा ‘हिलेमाछो’ वा ‘सालमछरी’ भनिन्छ भने पश्चिम पहाडतिर यसलाई ‘भकुण्डे भुत’ भनेर चिनिन्छ । लमजुङ क्षेत्रमा यसलाई ‘पाखेमाछो’को नामले चिनिन्छ ।
परिचय
सालक शान्त स्वभावको स्तनधारी जनावर हो । यो प्याङ्गोलिन (Pangolin) को नामबाट पानि चिनिन्छ । जीवविज्ञान अन्तर्गत सालकलाई वर्गीकरण गर्दा Order: Pholidota मा राखिएको छ, जसको अर्थ खपटा भएको जनावर (Scaled animal) भन्ने हुन्छ । विश्वभर पाइने ८ प्रजातिमध्ये नेपालमा दुई प्रजातिका सालक पाइन्छन् । ती हुन् : तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन (Manis crassicaudata) र कालो सालक अर्थात् चाइनिज प्याङ्गोलिन (Manis pentadactyla) ।
यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा खपटा हुन्छ । सालकलाई विभिन्न स्थान–समुदायअनुसार फरक–फरक नामले चिनिन्छ । तराईमा यसलाई ‘हिलेमाछो’ वा ‘सालमछरी’ भनिन्छ भने पश्चिम पहाडतिर यसलाई ‘भकुण्डे भुत’ भनेर चिनिन्छ । लमजुङ क्षेत्रमा यसलाई ‘पाखेमाछो’को नामले चिनिन्छ । सालकको साँघुरिदै गएको लाम्चो शरीर हुन्छ र थुतुनो र पेटको भाग बाहेक सबैतिर एकआपसमा खप्टिएका खपटाले ढाकेको हुन्छ । खपटामुनि पहेंला जगरजस्ता रौँ पनि हुन्छन् । सालकका आँखा साना हुन्छन् र बाक्लो परेलाले ढाक्ने गर्छ । सालकको दाँत हुँदैन । जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलन सक्छ । यसको रङ माटोसँग मिल्दोजुल्दो देखिन्छ ।
तामे सालक (इन्डियन प्याङ्गोलिन)
तामे सालक, हल्का पहेलो–रातो वर्णको सालक हो । यो प्रजाति हिमालयको दक्षिणी भेगमा समथर तथा कम भिरालो जमिनमा पाइन्छ । यो नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमा समेत पाइन्छ । तामे सालक सबै प्रकारका उष्ण प्रदेशीय वन र घाँसेमैदानमा पाइन्छ । तामे सालक विशेष गरी समुद्र सतहबाट करिब १,००० मिटर उचाइसम्ममा पाइन्छ । यसको शरीरको तौल ९–११ किलोग्राम, शरीरको लम्बाई ६०–७५ से.मि. र पुच्छरको लम्बाई ४५ से.मि. हुन्छ ।
कालो सालक (चाइनिज प्याङ्गोलिन)
कालो सालक, हल्का कालो वर्णको सालक हो । यो प्रजातिको सालक नेपालको पूर्वी क्षेत्रलगायत पूर्वी भारत, चीन, लाओस, थाइल्याण्ड, भियतनाम, म्यानमार र बङ्गलादेशमा पनि पाइन्छ । यो तल्लो पहाडी भेगमा प्राकृतिक वन नभएको वनक्षेत्रमा समेत पाइन्छ । यो प्रजाति मुख्यतयाः उष्ण प्रदेशीय वन र उपोष्ण प्रदेशीय वन मा पाइन्छ । कालो सालक विशेष गरी समुद्र सतहबाट करिब १,०००—२,५०० मिटर उचाइसम्ममा पाइन्छ । यसको तौल करिब ९ किलोग्राम, शरीरको लम्बाई ४८–५८ से.मि., पुच्छरको लम्बाई ३३–३८ से.मि. हुन्छ ।
तामे सालकका कत्ला फिक्का पहेँलो हुन्छन् भने कालो सालकका गाढा फुस्रा हुन्छन् । तामे सालकमा शरीरको मध्यभागको चारैतिर ११ वटादेखि १३ सम्म कत्ला हुन्छन् भने कालो सालकमा यी कत्ला १५ देखि १८ को सङ्ख्यामा हुन्छन् । तामे सालकको थुतुनो अलि चूचो परेको र कालो सालकको चेप्टो परेको हुन्छन् । नेपालमा तामे सालकभन्दा कालो सालकको भौगोलिक फैलावट बढी देखिएको छ । तामे सालक नेपालमा निकै कम सङ्ख्यामा मात्र देखिन्छ ।
वासस्थान
नेपालमा सालक समुद्र सतहबाट करिब २,००० मिटरसम्मको उचाइमा विशेषगरी सालको जङ्गलमा सालक पाइने गरेको छ । यस जनावरको वितरण (Distribution) पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा निकै बढी रहेको छ । यस जनावरका मुख्य वासस्थान पूर्वी तथा मध्यनेपालका चुरे पहाड तथा उत्तरी साल वन र त्यसको आसपासका वन क्षेत्र हुन् । नेपालका ६१ जिल्लामा सालक पाइन्छ । सालक दुलो खनेर जमिन मुनि बस्ने र आहारको खोजी गर्ने गर्छन् । सालक आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ । सालक दिउँसो दुलोमा बस्छ र आहाराका लागि रातको समयमा बडी क्रियाशील हुन्छ । यसर्थ, सालकलाई रातमा सक्रिय हुने जीव (Nocturnal animal) भनिन्छ । यो जनावर आफूलाई कतैबाट आक्रमण वा खतरा महसुस भएमा त्यसबाट जोगिन भकुण्डोको आकारमा थुतुनो केन्द्रमा पारेर गुडुल्किएर डल्लो पर्छ । यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले गुडुल्किरहन सक्छ । खतरा महसुस नभएमा बिस्तारै गुजुल्टोबाट आफूलाई फुकाउँछ । यो जनावर पुच्छरको सहायताबाट रुखको हाँगामा झुन्डिन पनि सक्छ ।
मकवानपुरमा सालकको उपस्थिति
हालसम्मको जानकारीअनुसार मकवानपुरमा दुवै प्रकारका कालो र तामे सालक पाइन्छ । मकवानपुरको चुरेको फेद जहाँ सालको जङ्गलको राम्रो उपस्थिति छ, त्यो क्षेत्रमा र माथिल्लो भेगको चित्लाङ पालुङ्गको जंगलमा समेत यसको उपस्थिति देखिन्छ । चितवन र पर्सा दुवै राष्ट्रिय निकुञ्जको सीमा जोडिएको र उत्तरी भागमा फुलचोकी चन्द्रागिरी क्षेत्र जोडिएको हुनाले पनि यहाँ दुवै प्रकारको सालकको उपस्थिति भएको हुन सक्छ ।
किसानको साथी (Friends of Farmer)
सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ तर यसले कमिलालगायत साना कीरा र तिनका अण्डा पनि खान्छ । एउटा वयस्क सालकले एक दिनमा लगभग २०,००० धमिरा र किरा–कमिला खान्छ भनेर अनुमान गरिएको छ । यसको शरीर खपटाले ढाकिने र प्रमुख आहारा कमिला धमिरा हुनाले यसलाई स्केली एन्टएटर (Scaly anteater) पनि भनिन्छ । यसले अन्नबाली, पशुचौपाया र मानिसलगायत कसैलाई पनि हानि नोक्सान गर्दैन । सालकले किसानको बालीनाली नोक्सान गर्ने, किरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा गर्ने हुँदा सालक मानवसमुदायका लागि हितकारी जीव हो । सालकले जमिनको प्राङ्गारिक माटो खनेर जमिनको ऊर्वराशक्ति बढाउँछ । यसका साथै जमिनभित्रको माटो खुकुलो बनाई जमिनभित्र वर्षातको पानी छिरेर जमिनको चिस्यान कायम गर्न मद्दत पुर्याउँछ र यसले प्राकृतिक सन्तुलनमा पनि महत्वपूर्ण सहयोग पु¥याउँछ । त्यसैले सालकलाई किसानको साथी (Friends of Farmer) भनेर भन्ने गरिन्छ । तर ज्ञानको अभावमा निर्दोष सालक मारिएका छन् ।
लोप हुने कारण
नेपालमा सालकको संरक्षण एवं कानुनी प्रावधान
सालक नेपालको संरक्षित जनावर हो । संरक्षित क्षेत्रसँगै समुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले तामे सालकलाई सङ्कटापन्न (Endangered) र कालो सालकलाई अति सङ्कटापन्न (Crtically Endangered) सूचीमा सूचीकृत गरेको छ । त्यसैगरी वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार अभिसन्धि (CITES) को अनुसूची (Appendix) मा राखेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकसहित २७ प्रजाति स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखी संरक्षिण गरिरहेको छ । त्यसैगरी यस ऐनको दफा २६ को उपदफा २ मा सालक मारेमा, घाइते बनाएमा वा यसको अङ्गको व्यापार गरेमा १ लाखदेखि ५ लाख रुपियाँसम्म जरिवाना वा १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । पछिल्लो समय नेपाल सरकारको बाघ, गैंडा, हात्ती, कस्तुरी, हाब्रे जस्तै सालकलाई अति सङ्कटापन्न सूचीमा राखेर संरक्षणका काम प्राथमिकतासाथ अघि सारेको छ । हामीले जङ्गलमा सालक देखेमा यसलाई कुनै प्रकारको बाधा उत्पन्न नगराई आफ्नो बाटो जान दिने, यसैगरी यसको बासस्थान दुलोलाई खोतल्ने, चलाउने आदि नगर्ने, यदि कतै घाइते सालक देखेमा नजिकको वन कार्यालय, सामुदायिक वन समुह वा प्रहरी कार्यालयमा खबर गरिदिने गर्नु पर्छ । यदि नजानेर पनि घाइते सालकलाई चलाउने, घर लैजाने गरेमा यो पनि दण्डनीय अपराध हुने हुनाले यसको जानकरी सबैलाई हुन जरुरी छ ।
विश्वमै सालक प्रजाति गम्भीर जोखिममा परेकाले संसारभर फेबु्रअरी महिनाको तेस्रो शनिबार विश्व सालक दिवस (ध्यचमि एबलनयष्लि म्बथ) मनाइन्छ ।
सालक संरक्षण योजना
सालकको निरन्तर घट्दो सङ्ख्यालाई मध्यनजर गरेर राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संररक्षण विभागले यस जनावरको संरक्षणका लागिे प्याङ्गोलिन संरक्षण कार्ययोजना, २०१८—२०२२ (Pangolin Consercation ACtion Plan, 2018-2022) पनि लागू गरेको छ ।
यसमा मुख्यतः ४ वटा उद्देश्य राखिएका छन्, जसअनुसार;
अबको बाटो
सालकको संरक्षणका लागि निम्न काम तुरुन्त गर्नुपर्ने महसुस गरेका छौँ;
● अध्ययन, अनुसन्धान, कार्ययोजना निर्माण
● संरक्षण सचेतना अभिवृद्धि
● शिकार तथा व्यापार नियन्त्रण र कारबाही
● जनताको सहभागिता
हाम्रो अभियान
मकवानपुरको चुच्चेखोला, रानी, अशोक, न्युरेनी सामुदायिक बनमा यसको के ही काम भए, पार्क निर्माण पनि भयो तर अहिले उल्लेख्य काम हुन सकेको छैन । डिभिजन वन कार्यालय राप्ती, मकवानपुर सालकलाई यो जिल्लाको गौरवको रूपमा अगाडि बढाउनु पर्छ र कसैको हानी नगर्ने किसानको मित्र अत्यन्त सङ्कटमा रहेकाले संरक्षण गर्नुपर्छ भन्ने अभियानमा छ । यसको लागि विभिन्न संघ/संस्था, सामुदायिक वन, पालिका, विद्यालय अनि युवावर्गसँग यसको प्रवद्र्धनका लागि समन्वय र सहकार्य गर्नुपर्ने भन्ने सोच राख्छ । यसको प्रचार होस् र सबैमा यसको महत्व दर्शाउनका लागि हामीले हाम्रो वन कार्यालयको कम्पाउण्डमा मित्र पार्कको (सालक पार्क) स्थापना गरेका छौँ, जसको मुख्य आशय
सालक हाम्रा मित्र हुन्, मित्रको संरक्षण गर्नु हाम्रो पहिलो कर्तव्य हो भन्ने सन्देश जनमानसलाई दिनु रहेको छ ।
यसैगरी हामीले विभिन्न संघसंस्थाको सहकार्यमा ब्रोसर निर्माण, ठूला र मझौला फ्लेक्सको निर्माण गरेर विभिन्न सामुदायिक वन र सार्वजनिक स्थानमा राख्ने, सरकारी कार्यालय, पालिकामा यसको सन्देशसहितको फोटो र मूर्ति स्थापना गर्ने गराउने, इको क्लबका विद्यार्थीमार्फत र समूहको साधारणसभामा यसको सचेतना गराउने अभियानमा छौँ । यसले केही भए पनि सालक संरक्षणको अभियानमा सहयोग पुग्ने अपेक्षा लिएका छौँ ।
केही पैसाको लोभमा, अन्धविश्वासमा परेर हाम्रा हितैषी जनावर, जसले प्रकृति सन्तुलनमा महत्त्वपूर्ण सहयोग पुर्याउँछ, खेतीबालीको उर्वरता बढाउँछ, त्यसलाई हामी मारिरहेका छौँ, धर्तीको एउटा मूल्यवान् प्रजातिलाई नाश गराइरहेका छौँ । यसको संरक्षणमा मकवानपुर र देशका सबै समूहलाई हातेमालो गर्न बिनम्र आग्रह गर्दछौँ । मकवानपुरको मुख्य र गौरव जनावरको रूपमा घोषणा गर्न यहाँको समन्वय समिति, पालिका र अन्य सबै निकायलाई सर्वसम्मत निर्णय गर्न समेत अनुरोध गर्दछौं ।
(किसानको साथी सालक शीर्षकको यस आलेख डिभिजन वन कार्यालय राप्ती, मनहरी, मकवानपुरले प्रकाशित गरेको हो- सम्पादक ।)