बुधबार , अषोज ३०, २०८१

निरुत्तर (कविता)

image

यो तपोभूमि, ज्ञानभूमिमा
भयो मेरो यो –
अनि तिम्रा उत्तेजित उद्गारहरू,

यहाँ मानव सभ्यताका उद्गम स्थलको अस्तित्त्व लुटिन्छ
यहाँ इतिहासका दस्तावेजहरु दिनदहाडै च्यातिन्छ
यहाँ पवित्र पूजनीय स्थलका स्वरूपहरू लुटिन्छ
यहाँ बर्सौँ सम्म जननि जन्मभूमिलाई चिथोरिन्छ
यहाँ कैयन् पटक आमाको अपमानमा गरिन्छ
यहाँ स्त्रीका गौरव (मान सम्मान) को चीरहरण हरक्षण हरिन्छ
यहाँ म पशु जस्तै तिमी (हामी)पशुतुल्य झैँ विचार मन्थन त्यै गरिन्छ

यहाँ बस् यही गरिन्छ
यहाँ बस् यही भनिन्छ
यहाँ बस् यही सुनिन्छ
यहाँ बस् यही देखिन्छ
यहाँ बस्….

यहाँ बस् मौन छ
शब्द शब्दहरूमा ।
स्स्स्स्स्…
रहस्यमय जीव- विज्ञानको अध्ययन अनुसन्धानमा।

@ए. आर. यस. टि

सम्बन्धित समाचार