शुक्रबार , अषोज ४, २०८१

नाइट क्लबमा पनि मौन अवधिभर मदिरा बिक्री–वितरण निषेध

स्थानिय प्रशासनले स्थानीय तह निर्वाचनको मौन अवधी शुरु भएसँगै मदिरा बेच्न रोक लगाएको छ ।

image

नेपाल । स्थानिय प्रशासनले स्थानीय तह निर्वाचनको मौन अवधी शुरु भएसँगै मदिरा बेच्न रोक लगाएको छ ।

काठमाडौं जिल्ला प्रशासनसहित अधिकांश जिल्ला प्रशासन कार्यालयले वैशाख २७ को मध्यरातबाट मदिरा बिक्री वितरण तथा सेवन नगर्न  सूचना जारी गरेका छन् ।

काठमाडौं उपत्यकाका नाइट क्लवहरु मौन अवधिमा बन्द हुँदैनन् ।

क्लब खुल्ने भएपनि मदिरा बेच्न र सेवन गर्न जिल्ला प्रशासन कार्यालयले निषेध गरेको काठमाडौंको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

मतदानस्थल र केन्द्रको ३०० मिटर भित्र बेच्न नहुने काठमाडौंका प्रजिअ रिजाल बताउछ्न् ।

मतदातालाई प्रभावित पार्नका लागि मदिराका प्रयोग बढ्न सक्ने भएर बेच्न र सेवन गर्न निषेध गर्ने निर्णय लिएको रिजालले बताए ।

सम्बन्धित समाचार