बिहिबार , अषोज ३, २०८१

काठमाडौं आइपुग्यो गोरखाबाट सुरू गरेको नेपाली सेनाको एकीकरण मार्ग पदयात्रा

image

काठमाडौं । ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्धन सँगै इतिहासको जर्गेना गर्ने उद्देश्यले नेपाली सेनाले गोरखाबाट सुरू गरेको पदयात्रा काठमाडौं आईपुगेको छ ।

षौष २१ गतेबाट नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग पदयात्रा कार्यक्रम गोरखा दरबारबाट सुरु भई धादिङ्ग, नुवाकोट हुँदै २०७९ षौष २६ गते हनुमानढोका आइपुगेको हो ।

हनुमानढोका दरबारमा आयोजित विशेष समारोहमा उक्त कार्यक्रममा सहभागी फौजले गोरखाबाट बोकेर ल्याएको नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी (श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी हाल बर्दबहादुर तथा सबुज) को झण्डा, नेपालको राष्ट्रिय झण्डा तथा दिपज्योती हस्तान्तरण गरेको थियो ।

गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा नेपाली सेनाको रिपुमर्दन गणले एकीकरण पदयात्राको आयोजना गरेको हो ।

सम्बन्धित समाचार