काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा आजबाट अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्च अदालतमा आज (मंगलबार)बाट आईजीपी बढुवा विवादको अन्तिम सुनुवाइ हुन लागेको हो ।
गत वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिक आदेश जारी गर्न अस्वीकार गरेको थियो। सोही इजलासमा नै अन्तरिम सुनुवाइ जेठ १७ गते मंंगलबारलाई तोकिएको थियो ।
सरकारले पहिलो वरीयतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो वरीयतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि विवाद चुलिएको थियो ।
एआईजी पोखरेलले आफूभन्दा कनिष्ठलाई सरकारले प्रहरी ऐन र नियमावलीविपरीत आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।