कविता महोत्सवमा धादिङका कवि यात्रीप्रकाश पाण्डेको कविता ‘आगोमा फुलेको देश’ले द्वतीय स्थान हासिल गरेको छ ।
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा सुनसरीका कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कविता महोत्सवमा धादिङका कवि यात्रीप्रकाश पाण्डेको कविता ‘आगोमा फुलेको देश’ले द्वतीय स्थान हासिल गरेको छ ।
यस्तै भक्तपुरका कवि सीता तुम्खेवाको कविता ‘चरिसो फूल’, सुनसरीका कवि किरन सिवाको कविता ‘बुवाको सिलाइ मेसिन’ र अछामका कवि कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ शिर्षकको कविताले तृतीय स्थान हासिल गरेको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष असार ९ गते राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आएको छ ।
महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित ५० हजार, द्वतीय हुनेलाई रजत पदकसहित ४० हजार र तेस्रो हुने तीन जनालाई कास्य पदकसहित ३० हजार रुपैयाँ राष्ट्रपतिका हातबाट प्रदान गरिने छ ।
महोत्सवमा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले पनि उपस्थित थिए ।