बुधबार , अषोज २, २०८१

गजल ‘नजर जुद्धाखेरी’ ट्रेन्डिङमा 

image

काठमाडौं  । विगत लामो समयदेखि गजल लेखनमा सक्रिय गजलकार प्रकाश किरणको ‘नजर जुध्दाखेरी तिमी मुस्कुरायौ’ नामक गजलको भिडियो सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार थानेश्वर गौतम र सरु गौतमको स्वर तथा थानेश्वर गौतमको सङ्गीत रहेको यो गजल लगातार ५ दिनदेखि यूट्यूब ट्रेन्डिङमा रहेको छ ।

जिन्दगीको सफरमा जुधेका नजरहरूको विगतको दृश्यलाई यो गजलले मीठो शैलीमा पस्केको छ ।

पुष्प खड्का, स्मारिका ढकाल र रमेश चन्द्र सोडारीको अभिनय रहेको यो भिडियोको निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

काबु क्रियसनले निर्माण गरेको भिडियोमा समाजमा झाँगिँदै गएको लिभिङ्ग टुगेदर र यसले निम्त्याएको समस्यालाई उजागर गरेको पाइन्छ ।

भिडियो

सम्बन्धित समाचार