मंगलबार , अषोज १, २०८१

नागार्जुन युथ क्लबको आयोजनामा एकदिने ओपन फुटसल प्रतियोगिता हुने

खेलकुदलाई स्वास्थ्य र पर्यटनसँग जोड्ने जमर्कोमा नगरपालिका लागेको छ । युवाहरुलाई आवश्यक परेमा रगत नै दिन तयार छु ।

image

नागार्जुन युथ क्लबको आयोजनामा एकदिने सेभेन ए साइड ओपन फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । असोज ४ गते नागार्जुन नगरपालिका ६ स्थित ब्रुह (Bruh) फुटसलमा प्रतियोगिता हुने भएको हो ।

युवाहरुलाई खेलमा आर्कषित गर्ने उद्धेश्यका साथ १६ वर्ष माथिका युवाहरुलाई समेट्न मिल्नेगरी ओपन फुटसल प्रतियोगिता आयोजना हुन लागेको हो । नागार्जुन नगरपालिका भित्र र बाहिरका सबै टिम समावेश हुन सकिने प्रतियोगितामा प्रत्येक टिमलाई प्रवेश शुल्क ५ हजार निर्धारण गरिएको छ ।

खेलहरु बिहान सात बजे देखि सञ्चालन हुनेछ । पुरस्कारमा विजेता टोलीलाई ५० हजार, रनर टिमलाई २५ हजार साथै ट्रफी, मेडल र सट्रिफिकेट समेत प्रदान गरिनेछ । प्रतियोगितामा वेष्ट प्लेयर र वेष्ट गोलकिपरलाई ट्रफी, मेडल र सट्रिफिकेटको समेत व्यवस्था गरिएको छ ।

आज सम्पन्न पत्रकार सम्मेलनमा नागार्जुन युथ क्लबका ७५ जना भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो ।

नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनका सभापती क्लबका अध्यक्ष सुवास राना मगर रहेका थिए साथै अतिथिमा जिल्ला समन्वय समितिका संयोजक सन्तोस बुढाथोकी, नागार्जुन नगरपालिका खेलकुद समितिका अध्यक्ष राजेन्द्र बुढाथोकी, उद्योग वाणिज्य सघं नागार्जुन नगरपालिकाका अध्यक्ष तुलसीराम थापा, नागार्जुन नगरपालिका वडा नं ४ का अध्यक्ष लक्ष्मीराम शर्मा तथा वडा नं ५ का कार्यबाहक अध्यक्ष केशव थापा लगायतको उपस्थिति रहेको थियो ।

खेल क्षेत्रलाई थप विकास गर्न नागार्जुन नगरपालिकाले खेलकुद शिर्षकमा १ करोड ५० लाख बजेट विनियोजन गरिएको मेयर बस्नेत बताउँछन् । ‘खेलकुदलाई स्वास्थ्य र पर्यटनसँग जोड्ने जमर्कोमा नगरपालिका लागेको छ । युवाहरुलाई आवश्यक परेमा रगत नै दिन तयार छु । युवाहरुको वृद्धि विकास र खेलकुद प्रति नगरपालिका सधैँ अग्रसर हुन्छ’ उनी भन्छन् ।

अघिल्लो आर्थिक वर्षमा नागार्जुन नगरपालिका देशभरकै कम बेरुजु भएको नगरपालिका समेत रहेको छ ।


सम्बन्धित समाचार