मंगलबार , मंग्सिर ४, २०८१

शनिवार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुँदै

image

काठमाडौं । शनिवार बागमती नदीमा नदी महोत्सव तथा महाजलयात्रा हुने भएको छ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा) ले जनाएको छ ।

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा),नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा भोली शनिवार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।

बागमती नदी सभ्यताको पहिचान,संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको नाराले जनाएको छ।ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिने जनाइएको छ ।

काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न लागिएको हो । सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। उक्त महोत्सव तथा महाजलयात्रा सम्पन्न गर्नका लागि पाँच लाख लाग्ने नाराले जनाएको छ ।

बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्याउने,नदीको अवस्था बुझाउने,नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत गर्नेछन् ।

सम्बन्धित समाचार