शुक्रबार , अषोज ४, २०८१

काठमाडौं-१६ को अध्यक्षमा मुकुन्द रिजाल विजयी

रिजालको जीतसँगै कांग्रेसले काठमाडौंमा १८ वटा वडामा जित हासिल गरेको छ ।

image

काठमाडौं । काठमाडौं महानगर १६ को वडाध्यक्षमा मुकुन्द रिजाल निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रिजाल दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

रिजालले ४ हजार १९ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार ३१० मत ल्याए । वडा १६ मा कुल १२ हजार ३०८ मत खसेको थियो ।

रिजालको जीतसँगै कांग्रेसले काठमाडौंमा १८ वटा वडामा जित हासिल गरेको छ ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमार्फत जित हासिल गरेका रिजालले विकास निर्माणको कामलाई सक्रियता देखाएका थिए । दोस्रो कार्यकालका लागि निर्वाचित भएसँगै रिजालले आगामी दिनमा अघिल्लो कार्यकालमा सुरु गरेर पूरा गर्न नभ्याएका कामसहित नयाँ कामको थालनी गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

उदाहरणीय काम गरेर जनप्रिय बनेका रिजाल अर्काे कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएसँगै वडाबासी उत्साहित भएका छन् ।

सम्बन्धित समाचार