शुक्रबार , अषोज ४, २०८१

काठमाडौं-१६ को वडाध्यक्षमा पुन: दोहाेरिने दौडमा मुकुन्द रिजाल

image

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का निवर्तमान वडाध्यक्ष मुकुन्द रिजाल पुन: वडाध्यक्षमा दोहोरिने दौडमा रहेका छन् । गएको कार्यकालमा उदाहरणीय काम गरेका रिजाल नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । पाँच वर्षे कार्यकालमा आफूले लोकप्रिय काम गरेकाले वडाका बासिन्दाले पुन: आफूलाई नै निर्वाचित गर्ने दाबीका साथ रिजाल चुनावी घरदैलोमा व्यस्त छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ को सभापति समेत रहेका रिजाल काठमाडौं १६ को बासिन्दामाझ लोकप्रिय छन् । उनले गएको पाँच वर्षको कार्यकालमा वडामा थुप्रै काम गरेका छन् । रिजाल वडाध्यक्ष भएपछि वडाका थुप्रै सडक कालोपत्रे भएका छन् ।

त्यस्तै गरेर वडामा रहेका थुप्रै मठ मन्दिर, पाटी पौवा, ढुङ्गे धारा लगायतका सांस्कृतिक सम्पदाहरूको पुन निर्माण भएको छ । उनको कार्यकालमा बगैँचा तथा उद्यानहरूको पनि निर्माण भएको छ ।

खानेपानीको वितरण तथा व्यवस्थापन, ढल निकास, सडक किनारालाई हरियो बनाउने लगायका थुप्रै सुधारका कार्यहरू भएका छन् ।

वडाको समग्र पक्षमा विकास गरेको र कतिपय महत्वपूर्ण योजनाहरू अधुरै रहेकाले तिनलाई सम्पन्न गर्नका लागि पनि आफू दोहोरिन आवश्यक रहेको रिजालको दाबी छ ।

उनीसँगै सदस्यहरूमा देबेन्द्र पाठक ,जितेन्द्र कुमार श्रेष्ठ ,आशा साक्य र टीका गहतराज ले उम्मेद्बारी दीएका छन् ।

सम्बन्धित समाचार