बुधबार , अषोज २, २०८१

मुगुमा आमाको किरियामा बसेका तीन दाजुभाइले गरे मतदान

आज देशका ७५३ वटै स्थानीय तहमा बिहान ७ बजेदेखि मतदान गरिँदैछ ।

image

मुगु । मुगुको खत्याड गाउपालिका-८ सुकाढिकका आमाको किरिया बसेका तीन दाजुभाइले मतदान गरेका छ्न् ।

५६ वर्षीया कविराज कार्की,  माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतिर खत्याड गाउपालिका-८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न् ।

आमाको मृत्यु भाएको ७ दिनको किरिया बसेका दाजुभाइ   १ घन्टा उकालो हिँडेर मतदान गरेका हुन् ।

आज देशका ७५३ वटै स्थानीय तहमा बिहान ७ बजेदेखि मतदान गरिँदैछ । सर्वसाधारण, कलाकार तथा विभिन्न राजनीतिज्ञहरूले आफ्नो मत दिने क्रम जारी छ ।

सम्बन्धित समाचार